नेकपा (एकीकृत समाजवादी)को कलैया २१ र २२ मा वडा भेला सम्पन्न

साझेदारी दैनिक
569 पाठक संख्या

कलैया

नेकपा (एकीकृत समाजवादी) कलैया उपमहानगरपालिका वडा नं २१ र २२ को वडा भेला शनिवार भोड्हामा सम्पन्न भएको छ ।

पार्टीका नगर कमिटी अध्यक्ष अरुण खनालको अध्यक्षता तथा प्रदेश कमिटी सदस्य विक्रम रामको प्रमुख अतिथ्यतामा उक्त भेला सम्पन्न भएको हो । भेलामा जिल्ला कमिटी सचिव बिक्रम ठाकुर, मुक्ति समाजको उपाध्यक्ष श्रीप्रसाद पासवान, जिल्ला कमिटी सचिवालय सदस्य ध्रुव यादव, जिल्ला कमिटी सदस्य बैजनाथ साहको विशेष सहभागिता रहेको थियो ।

भेलाको पार्टीका जिल्ला कमिटी सदस्य विरेन्द्र प्रसाद यादवले संचालन गरेका थिए । भेलाले वडा नं २१मा राजेन्द्र प्रसाद यादवको अध्यक्षता मा २५ सदस्य वडा कमिटी गठन गरिएको छ । उपाध्यक्ष मा सिकारी मिया अन्सारी, रामाधार साह सचिव मा गोपाल चौधरी सह–सचिव मा रूषतम अंसारी रहेका छन्।

यसैगरी वडा नं २२ मा नुर महमद अंसारीको अध्यक्षतामा २५ सदस्य वडा कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा रामजी राम, कोरैसा खातुन सचिवमा धिरज कुमार साह, सहसचिवमा मुकेश राम रहने गरी वडा कमिटी गठन गरिएको छ ।

Leave a review