चौकीदेखि जिल्लासम्म सेटिङ, माथिल्लो तहबाट चिनीको गाडी नियन्त्रणमा

साझेदारी दैनिक
608 पाठक संख्या

सिकेन्द्र पासवान/
तस्करहरुको बारा प्रहरी चौकीदेखि जिल्ला प्रहरी कार्यालयसम्म सेटिङ रहेकै कारण कचोर्वा नाकाबाट छोडिएको चिनीलोड गाडी माथिल्लो निकायबाट नियन्त्रणमा लिईएको छ ।
प्रहरीकै प्रदेश प्रहरी प्रमुख डिआइजीका सदापोसाकमा रहेको प्रहरी पक्राँउ गरेको स्रोतले जनाएको छ । बुधवार रातीप्रहरीकै सेटिङमा नै गाडीमा चिनीलोड गरि कोल्हवी तिर पढाइएको अवस्थामा बिशेष सुराकीको अधारमा पक्राउ गरिएको हो ।

राती ११ बजे रातीको समयमा कोल्हवी नगरपालिका वडा नम्बर ९ पडरी स्थितमा रौतहटबाट कोल्हबीतर्फ आउदै गरेको ना.३च.२९०६ नम्बरको पिकअप गाडीमा कागजपत्र नभएको अबैध रुपमा ल्याउदै गरेको चिनी ४९ बोरा, ४ बोरा भुजा नियन्त्रणमा लिएको हो । चिनीको बजार मुल्य.१लाख ९६ हजार र भुजा ४ बोराको बजार मुल्य २ हजार गरि जम्मा १ लाख ९८ हजार बराबरको सामान रहेको छ ।

सामान र गाडी सहित पक्राउ गरि जिल्ला प्रहरी कार्यालय बारामा पठाइएको डिआईजी कार्यालय जनकपुर स्रोतले जनाएको छ । नियन्त्रणा लिएको समान, गाडी आवश्यक कारवाहीको लागि भन्सार पठाइएको प्रहरी प्रवतmा राजेश थापाले जानकारी दिए ।

क्राईम नियन्त्रण गर्ने नाममा तस्करहरुसंग मोटो नजराना उठाउनका लागि नै जिल्ला प्रहरी कार्यालय केही सदा पोसाकका प्रहरी, हवलदार,बरिष्ठ सई सम्मलाई हटाएको स्रोतले बताए । क्राईमतिर ध्यान कमहुने तस्करहरुसंग नजराना लिने काममा बढी ध्यान केन्द्रीत गर्ने गरेको आरोप पनिती घुमुवा अर्थात सदा पोसाकका प्रहरीहरुलाई लाग्दै आएको छ ।

तर पनि त्यसलाई खारिजी गर्नुको सटा परिचालन गर्ने काम नै भईरहेको छ । गाडी र सामान मात्र प्राय जस्तो पक्राँउ गरेको कुरा प्रहरीले सार्वजनिक गर्ने तर मान्छे सधै फरारको सुचिमा देखाउने गरेको कुराले पनि प्रहरी र तस्करको साटघाट राम्रै रहेको छ भने कुरा जो कोहीले सहजै रुपमा बुझन सकिन्छ ।

 

Leave a review

This will close in 0 seconds