जैतापुर—रामनगर रघुनाथपुर र मधुवन— खम्बा सडक खण्डमा दुई पुलको शिलन्यास

साझेदारी दैनिक
677 पाठक संख्या

कलैया, ९ असोज
बाराको जैतापुर—रामनगर रघुनाथपुर र मधुवन — खम्बा पसाहा पुल र पसाहा पुलको सिलान्यास भएको छ । आईतवार एक कर्यक्रमवीच पुलको सिलान्यास पुर्ब बन तथा बाताबरण मन्त्री रामसहाय यादब र बारा क्षेत्र नं.३ का निबर्तमान प्रतिनिधि सभा सदस्य रामबाबु यादबले गर्नुभएको हो । हिन्दुपरम्परा अनुसार पुजापाठ गरी पुलको शिलान्यास गरिएको थियो ।
नेपाल सरकार भौतिक पुर्वधार विकास मन्त्रालयले बाराको पसाहा नदिमा दुई वटा पुल निर्माणका लागि ठेक्का आवहान गरेको छ । मन्त्रालयले जिल्लाको अति महत्वपुर्ण सडकको रुपमा रहेको सिमरा–कोल्हवी सडक अन्तरगत जीतपुरसिमराको वडा नम्बर १७ मा जैतापुर र रामनगर जोड्न पसाहा नदिमा तथा कलैया–सिस्वा महेशपुर–मधुवन सडक अन्तरगत खम्वा र मधुवन जोड्ने पसाह नदिमा पुल निर्माण गर्न बोलपत्र आवहान गरेको छ । उबारा क्षेत्र नम्बर ३ का निवर्तमान संघीय सांसद एवम् जनता समाजवादी पार्टी(जसपा) का मधेस प्रदेश अध्यक्ष रामबावु कुमार यादवको पहल र विशेष सक्रियातामा यी दुवै पुल ठेक्का प्रक्रियामा गएका छन् ।
आईतवार दुवै पुलको शिलन्यास कार्यक्रममा पुर्व बन तथा वातावरणमन् निवर्तमान संघीय सांसद एवम् जनता समाजवादी पार्टी(जसपा) का मधेस प्रदेश अध्यक्ष रामबावु कुमार यादव, जीतपुरसिमरा उपमहानगरपालिकाको नगरप्रमुख राजन पौडेल, जसपाका नेता भरत खड्का लगायतकाले सम्बोधन गरेका थिए ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ का वडाअध्यक्ष भिम बहादुर लामा र करैयामाई गाउँपालिकाका वडा नम्बर १ का वडाअध्यक्ष सोनालाल साहको अध्यक्षतामा दुवै कार्यक्रम सम्पन भएको हो । यी दुवै कार्यक्रमको संचालन जसपाकी यूवा महिला नेतृ लिला पाण्डेले गरेकी थिईन ।
मन्त्रालयले जैतापुर र रामनगर जोड्न पसाहा नदिमा आसोज ४ गते मंगलवार बोलपत्र आवहान गरेको छ । उक्त पुल १६५ मिटर लम्बाई दुई लेन गरि करिव ४० करोडको लागतमा निर्माण हुने लागेको हो ।
यस्तै पसाहा नदिकै खम्वा र मधुवन जोड् पुल निर्माणका लागि यसअघि गत भदौ २६ गते नै सडक डिभिजन कार्यालय हेटौडाले ठेक्काको लागि बोलपत्र आवहान गरिसकेको छ । यो क्षेत्रमा करिब १०५ मिटर लम्बाईको दुई लेन पुल करिब साढे २६ लाखमा निर्माण हुने जनाईएको छ ।

Leave a review

This will close in 0 seconds