मौलिक संस्कृति संरक्षण गर्न आमा समूहको देउसी–भैलो कार्यक्रम

साझेदारी दैनिक
895 पाठक संख्या

साझेदारी संवाददाता
सिमरा, ९ कार्तिक
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ रामनगरका आमाहरु संस्कृतिलाई जोगाउन देउसी–भैलो कार्यक्रम गर्न थालेका छन ।
हिन्दुहरुको दोस्रो महान चाड तिहारको अवसरमा स्थानीय महिलाहरुले ममतामयी आमा समूह गठन गरेर देउसी–भैलो खेल्न थालेका हुन । आमा समुहले लक्ष्मी पुजाको दिनदेखी देउसी–भैलो खेल्ने कार्यक्रम शुरु गरेको आमा समूहकी अध्यक्ष सावित्री रोकाले बताउनुभयो ।
नेपाली मौलीक संस्कृतिको रुपमा रहेको देउसी–भैलो कार्यक्रम विस्तारै लोप हुदै गईरहेको अवस्थामा आमा समूहले मौलिक संस्कृतिको संरक्षण गर्ने अभियान अन्तर्गत देउसी-भैलो कार्यक्रम गरिएको समुहकी सचिव गिता कोईरालाले बताउनु भएको छ ।
मौलिक संस्कृति जोगाउन र सामाजिक विकृतिहरुलाई हटाउनका निमित्त स्थापना गरिएको यस ममतामयी आमा समूहलाई छिटै नै कानुनि मान्यता दिने र अन्य सामाजिक क्षेत्रमा का गर्ने उदेश्य रहेको समुहकी सदस्य विमला चौरेल उच्चैले जानकारी दिनुभयो ।
समूहले आयोजना गरेका देउसी–भैलो कार्यक्रममा समूहमा आवद्ध वृद्ध आमाहरु पनि मध्यरात सम्म देउसी–भैलो गाँउदै र भट्याउदै हिडिरहेका छन । यो देउसी–भैलो कार्यक्रममा वडाका विभिन्न टोलका घरघरमा गई भाईटिकाको दिनसम्म खेल्ने कार्यक्रम रहेको आमा समूले जनाएको छ ।

Leave a review

This will close in 0 seconds