गरिब परिवारका बिद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्न छात्रबृत्ति

रञ्जन यादव
1.9k पाठक संख्या

साझेदारी संवाददाता/

सानिमा बैँक कलैया शाखाले दुई जना गरिब तथा बिपन्न परिवारका बिद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्न छात्रबृत्ति प्रदान गरेको छ ।

बैँकको केन्द्रिय कार्यालयले उपत्याका बाहिर रहेका प्रत्येक शाखाहरुबाट २।२ जना एस.ई.ई. उर्तिण गरेका बिद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्न छात्रबृत्रि दिने उदेश्यले आवेदन माग गरेको थियो ।

जसअन्तर्गत भाद्र ३१ गते सम्म कलैया शाखामा २० जनाले आवेदन दिएका थिए ।

आवेदन दिएका मध्ये कलैया उपमहानगरपालिका वडा नं.१० मटिआर्वा बस्ने राजा ठाकुर र कलैया उपमहानगरपालिका वडा नं.१२ सितलपुर बस्ने पुजा कुमारी साह सानिमा बैँक कलैया शाखाको छात्रबृत्तीको छनोटमा परेको शाखाको रिलेसनसिप अफिसर सिल्की साहले जानकारी दिईन् ।

छनोटमा परेकाहरुलाई सानिमा बैँकले ११ र १२ अध्यनकालागि लाग्ने शुल्क र शैक्षिक सामग्री प्रदान गर्नेछ ।

सो छात्रबृत्ती रकम प्रति बिद्यार्थी प्रति बर्ष रु ५० हजार सम्म हुने बैँकले जनाएको छ ।

Leave a review

This will close in 0 seconds