सन्दिप यादव /
जिल्ला प्रहरी कार्यालय बाराको सभा हलमा मंगलबार एक कार्यक्रम आयोजना गरि बेस्ट पुलिस अफ द मन्थ प्रहरी चौकी बरियारपुरमा कार्यरत प्रहरी नायव निरीक्षक खड्क बहादुर खड्कालाई उत्कृष्ट प्रहरी घोषित गरिएकाे छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले प्रहरी नायव निरीक्षक खड्कालाई उत्कृष्ट प्रहरी घोषित गरि प्रमाण पत्र हस्तान्तरण सहित बधाई दिएका थिए ।
ईलाका प्रहरी कार्यालय महेन्द्र आदर्शमा दरबन्दी भई प्रहरी चौकी बरियारपुरमा कार्यरत प्रहरी नायब निरीक्षक खड्काले आफु कार्यरत रहेको कार्यालयमा आफु मातहतमा कार्यरत रहेका प्रहरी कर्मचारीहरुलाई परिचालन गरी आफ्नो एरियाहरुमा बिभिन्न समयमा सिर्जित झैझगडा तथा कुनै पनि अपराधि गतिबिधि हुन गर्न नदिई आफ्नो जिम्मेवारी त्रुटिरहित तवरले निर्वाह गरेकाेले उत्कृष्ट प्रहरी घोषित गरिएकाे हाे ।
प्रहरी नायव निरीक्षक खड्काले सेवाग्राहीलाई सरल तरिकाले सेवा प्रदान गरी निति निर्देशनलाई पूर्ण पालना गर्दै आफूलाई सुम्मिएको उच्च व्यवसायिक कार्य कुशलताका साथ कार्य सम्पादन गरी उत्कृष्ट कार्य सम्पादन गरेकाले कदर स्वरूप पुरस्कृत गरिएकाे हाे ।
प्रहरी कर्मचारीहरूमा समेत सकारात्मक प्रभाव परी कार्यदक्षतामा अझ बढ प्रभावकारीता आउने भएकोले प्रहरी नायव निरीक्षक खड्कालाई बेस्ट पुलिस अफ द मन्थको उत्कृष्ट प्रहरी घोषित गरिएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।
उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता पुरुषोत्तम पाण्डे,प्रहरी निरीक्षक रुपेश साह,प्रहरी नायव निरीक्षक देव बहादुर खत्री,महिला तथा बाल बालिका सेलका प्रहरी सहायक निरीक्षक सरु अधिकारी र प्रहरीहरु लगायतको उपस्थिति रहेको थियो ।