गढीमाई साझेदारी बनको शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न

साझेदारी दैनिक
327 पाठक संख्या

गढीमाई साझेदारी बन उपभोक्ता समुह पथलैयाको आयोजनामा शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । शुभकामना अदानप्रदान कार्यक्रमको उद्घाटन पुर्बमन्त्री तथा बारा क्षेत्र नं.४ का प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ (किसान )ले फुलको गमलामा पानि हालेर गरेका थिए । उहाँले बाताबरणमा देखिएका समस्याहरु बनजङ्गल बिनासको असर भएका कारण खाली जग्गामा बोटबिरुवा लगाउँन सल्लाह दिए ।

उपभोक्ता समुहहरु बन उपभोगतर्फ मात्र आफनो ध्यान केन्द्रित नगरी बोटबिरुवाको संरक्षण संबद्र्धन गर्नतर्फ लाग्नुपर्ने जानकारी दिए । उत्पादन भएका काठहरु न्यायसंबत तरिकाले बितरण गर्न र आर्जित आयलाई दायराभित्र रहेर खर्च गर्न अनुरोध गरे । संघ सरकारको तर्फ चाहिएको सहयोग उपलब्ध गराउँने प्रतिबद्धता ब्यक्त गरे ।

त्यस्तै डिभिजन बन कार्यालय बाराका बन अधिकृत जवाहर प्रसाद कु््र्मीले एक अध्ययनले बारामा ९ प्रतिशतले बन बृद्धि भएको देखाएको बताए । बन कार्यालयले सार्बजनिक जग्गाहरुमा बृक्षारोपण गरेको र बन संरक्षणतर्फ स्थानीय तह र बन उपभोक्ताको साथ राम्रो रहेको बताए ।

त्यस्तै गढीमाई साझेदारी बनका संस्थापक अध्यक्ष गणेशजी प्रसाद साहले गढीमाई साझेदारी बन लामो समयको संघर्ष र प्रयासले बनाईएको संस्था भएको बताए ।

संस्थाको भाबी मार्गदर्शन बन ब्यवस्थापन समितीले निर्धारण गर्ने भएकाले संस्थाको मर्म र उदेश्य अनुरुप कार्य गर्न सल्लाह दिए ।गढीमाई साझेदारी बन उपभोक्ता समुह पथलैयाका अध्यक्ष रामएकवाल प्रसाद तेलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहायक बन अधिकृत ललन राउतले गरेका थिए ।

कार्यक्रमका बिच समाजमा योग्दान पुरयाएका ब्यक्तिहरुलाई सम्मान गरि मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा पुर्ब मन्त्री तथा निबर्तमान प्रतिनिधि सभा सदस्य एकबाल मिया ,बारा क्षेत्र नं.४(क) बाट निर्वाचित प्रदेश सभा सदस्य देवनारायण चौधरी,निबर्तमान प्रतिनिधि सभा सदस्य रामबाबु यादब,संबिधान सभा सदस्य जय प्रकाश यादब ,रामचन्द्र प्यासी उपराष्ट्रपतीका स्वकिय सचिव आनन्द यादब,पुर्ब साझेदारी महासंघका केन्द्रिय अध्यक्ष रामरुप प्रसाद कुर्मी,रेडियो आकाशबाणीका अध्यक्ष राजुराज गिरी,जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ का वडा अध्यक्ष सुनिल गुप्ता लगायतको सहभागिता रहेको थियो ।

Leave a review