छठ पर्वको पावन अवसरमा जुअवामा भयो वृहद् सरसफाई

साझेदारी दैनिक
405 पाठक संख्या

धीरेन्द्र पनुहर/

कोल्हवीको जुअवामा शुक्रबार वृहद् सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

हिन्दूहरुको महान चाड छठ पर्वको पावन अवसरमा सो सरसफाई भएको हो ।

कोल्हवी–३ को वडा कार्यालय जुअवाको विशेष सहयोगमा सो सरसफाई भएको हो ।

गोपाल प्रगतिशील क्लब जुअवा र समृद्ध नेपाल क्लब जुअवाको संयुक्त आयोजनमा सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।

सरसफाई कार्यक्रममा क्लबका पदाधिकारीहरु सक्रिय भएका हुन् । कुचो,बेल्चा,बकेट लिएर जुअवा,जटहा,घुसुकपुर र सेरा टोलको सड़क किनारमा रहेको फोहर बस्तु ट्रेक्टरमा लोड गरिएको थियोे ।

सम्बन्धित घर धनीहरुलाई बाटोमा फोहर नराख्न उनीहरुले आग्रह गरेकाछन्। फोहोरबाट हुने बेफाइदाको बारेमा उनीहरुले स्थानीयलाई जानकारी गराएका थिए ।

उक्त सरसफाई कार्यक्रममा कोल्हवी–३ का वडा अध्यक्ष किशुनदयाल चौधरी,वडा सदस्य रामदयाल चौधरीको विशेष सहभागिता थियो ।

फोहोरको सरसफाई कार्यक्रममा गोपाल प्रगतिशील क्लबका अध्यक्ष जयमंगल चौधरी,सचिव सुगेन्द्र चौधरी,सह सचिव मुनिकान्त चौधरी,समृद्ध नेपाल क्लबका अध्यक्ष नागमनी चौधरी,उपाध्यक्ष संजय चौधरी,सचिव कर्णविर चौधरी,सह सचिव रामानन्द राम,कोषाध्यक्ष सुशीला कुमारी चौधरी,सदस्यहरु दिलमनी चौधरी,सुनीला चौधरी,संगीता कुमारी चौधरी र वरिष्ठ सल्लाहकार प्रेमनारायण चौधरी लगायतको सरसफाई कार्यक्रममा सक्रियता थियो।

Leave a review

This will close in 0 seconds