लकडाउनको ५२ औ दिनमा बारा,पर्सा र रौतहटमा ३६ ले गरे आत्महत्या

साझेदारी दैनिक
साझेदारी दैनिक 1.1k पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

देव घिमिरे /
सरकारले घोषणा गरेको बन्दावन्दी मंगलवार ५० औ दिन पुगिसकेको छ । आम जनता घरभित्रै बस्न बाध्य छन यो बेला एउटा डरलाग्दो तथ्याङ्क बाहिर आएको छ बन्दावन्दीको वीचमा बारा , पर्सा , रौतहट जिल्लामा मात्रै ३६ जनाले आत्महत्या गरेको तीनवटै जिल्ला प्रहरी कार्यालयको रेर्कडले बताउछ ।

बारा जिल्लामा यो लकडाउनको अवधिमा मात्रै १६ जनाले आत्महत्या गरेको बारा प्रहरीका प्रवक्ता गौतम मिश्रले साझेदारीलाई बताए । यसैगरीे पर्सा जिल्ला प्रहरी कार्यालयका अनुसार झुण्डिएर आत्महत्या गर्ने संख्या ८ जना रहेको छ भने विष सेवन गरी आत्महत्या गर्नेको संख्या ४ जना रहेको छ । त्यस्तै रौतहट जिल्ला प्रहरी कार्यालयका अनुसार झुण्डिएर मर्नेको संख्या ८ जना रहेको जिल्ला प्रहरी कार्यालय रौतहट गौरका मुद्धा फाँटका प्रहरी निरीक्षकले साझेदारीलाई जानकारी दिए ।

मुलुक भर बन्दावन्दी कायमै छ सबै नागरिक घर भित्रै छन बाहिरको तनाव र झन्झट अहिले बेहोर्नेु नपरेपनि आत्महत्या गरी मर्नेको संख्या यति धेरै हुनु यो राम्रो पक्ष होईन । मनोविद र मनोचिकित्सकका अनुसार घरमा खानपानको लागि चुल्हो बाल्न नसक्नु र वालवाच्चा लाई ख्वाउन नसक्दा विरक्तीएर आत्महत्या गर्ने गरेको बुझिएको छ ।

यो विचमा आत्महत्या गर्ने कारण अरु पनि धेरै रहेको छ । बनदावन्दीका कारण सबैजसो रोजगारी गुमेको छ भने सबै परिवार घरमै बस्नेहुदा घर कलह बढ्दै जादा आत्महत्या जस्तो अपराध गर्नेगरेको पाईएको छ भने विगतमा लिईएको ऋणको भार सम्झेर पनि ब्यक्तिले आत्महत्या गर्ने गरेको पाईएको छ । लकडाउनकै कारण अन्य काम नहुदा पनि मानिसमा डिप्रेसन बढ्ने हुदा अन्य सोच्न नसकी आत्महत्या कै बाटो रोज्ने गरेको मनोविदहरु वताउछन् ।

अभाव र गरिबीका कारण पारिवारिक झमेला खेप्दै गरेका परिवारको मुली यो बन्दावन्दीका कारण झन दवावमा परेका छन सरकारले दिनेभनेको राहत पनि वास्तविक चुल्हो निभेका परिवारमा नपुग्दा खानाकै समस्या कारण पनि आत्महत्या गर्ने सजिलो वाटो रोज्ने गरेको देखिन्छ । योस्तो वेला राज्य स्तरवाट मनोचिकित्सक र मनोविदले हरनागरिकलाई विधुतिय संचार माध्यम, समाजिक संजाल, रेडियो, पत्रपत्रिका मार्फत उपचार गनुपर्ने थियो तर यसो हुन सकिरहेको छैन ।

विकसित मुलुकमा यसको ब्यवस्था राम्रै सँग गरेको पाईन्छ । नेपालमा भने समान्य रुपमा पनि कदम चालिएको नदेखिदा आत्महत्या गर्नको संख्या अगामी दिनमा झन डरलाग्दो र भयाभव हुन सक्छ बेलैमा सम्बन्धित पक्षले आत्महत्या रोक्न कदम चालोस् ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review