Sajhedari Daily
Latest News from Nepal

लकडाउनलाई बारा प्रशासनद्धारा थप कडाई गर्न निषेधाज्ञा जारी

Top Aside Banner

साझेदारी संवाददाता
बारा, ०२ जेष्ठ /

बारा, पर्सा लगायत तराईका जिल्लाहरुमा कोरोना भाईरस(कोभिड–१९)का विरामीहरु बढ्न थालेपछि स्थानीय प्रशासनले जारी लकडाउनलाई थप कडाई गर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराले आज एक सूचना जारी गर्दै लकडाउनलाई थप कडाई गर्ने जनाएको छ । पर्सा, बारा र तराईका जिल्लाहरुमा कोरोना भाईरस(कोभिड–१९)का विरामीहरुको दैनिक बढ्दो संख्यालाई मध्य नजर गर्दै बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पंडितद्धारा जारी विज्ञप्तीमा निषेधाज्ञालाई कडाई गर्न सूचना जारी गरएको हो ।

प्रशासनले पर्सा वीरगंजका बारा जिल्लामा कार्यालयहरुमा काम गर्ने कर्मचारीहरुलाई काममा नलगाउने, अतिआवश्यक स्वास्थ्य सेवा, ऐम्बुलेन्स, दुध, पानी, खाद्यान्न, औषधी वाहेका सम्पुर्ण चारपांग्रे तथा दुई पांग्रे (मोटरसाईकल) समेतलाई पुर्ण रुपमा बन्द गर्ने जनाएको छ ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय तथा ईलाका प्रशासन कार्यालयहरुबाट जारी भएका सिकिस्त विरामी प्रयोजन वाहेकका सवै हस्तलिखित तथा ईपासहरु समेत खारेजी गर्ने जनाएको छ ।

प्रशासनले बाराका उद्योग, बैक, प्रतिष्ठान, कार्यालय, ठुला आयोजना वा अन्य संस्था संचालन गर्दा पर्सा वीरगंजमा रहेका कर्मचारीहरुलाई कामकाजमा नलगाउने, साथै काम गर्दा स्वास्थ्य मन्त्रालयबाट जारी भएको मापदण्ड अनुसार गर्ने जारी सूचनामा जनाईएको छ।