कलैया जिल्ला अस्पताललाई कोरोना बिशेष अस्पताल बनाउने कार्य तत्काल रोक्न नेपाल तरुण दल बाराले माग गरेको छ । तरुण दल बाराका जिल्ला अध्यक्ष लोकेश सिंहले आज एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो माग गरेको हो ।
बाराका गरिब,असहाय तथा निमुखा जनताको उपचारको केन्द्रको रुपमा रहेको कलैया जिल्ला अस्पतालमा कोरोना अस्पताल बनाउन नहुने विज्ञप्ती मार्फत जनाएको छ ।
दैनिक सयौं बिरामी उपचार गराउने जिल्ला अस्पतालको सट्टा कलैयाकै अरु ठाउँ विकल्प हुँदाहुँदै पनि आम जिल्लाबासीको भावना विपरीत प्रदेश सरकारले कलैयाको घना बस्तीको वीचमा कोरोना अस्पताल बनाउनु घोर निन्दनीय भएको तरुण दलले भनेको छ ।
कलैया अस्पताललाई कोरोना बिशेष अस्पताल बनाईएमा वरिपरिको जनता कोरोनाको उच्च जोखिममा पर्ने हुँदा तत्काल कलैया अस्पतालको सट्टा अरु ठाउँमा कोरोना बिशेष अस्पताल बनाउने निर्णय गरेर जनमतको कदरगर्न विज्ञप्तीमार्फत तरुण दल बाराले प्रदेश सरकारलाई आग्रह गरेको छ ।