चाडपर्वमा समेत तलबभत्ता नपाएपछि शिक्षकको गयो ज्यान

साझेदारी दैनिक
833 पाठक संख्या

बारामा एक शिक्षक मृत अवस्थमा फेला परे । बाराको सिम्रौनगढ नगरपालिका वडा न–८ मा रहेको नेपाल राष्ट्रिय आधारभुत प्राथमिक बिद्यालय कचोर्वामा कार्यरत शिक्षक मृत फेला परेका हुन ।

सिन्धुपाल्चोक स्थायी घर भएका शिक्षक नरेन्द्र पराजुली मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

तलब भन्दा नपाएपछि लामो समयदेखी आन्दोलन गर्दै आएका शिक्षक पराजुली शुक्रवार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवतmा दधीराम न्यौपानेले बताएका छन ।

सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ नयाँ बजारको पुर्वपर्टी उनी मृत अवस्थामा फेला परेका थिए । पराजुली सहित अन्य शिक्षकहरु तलब माग गर्दै झण्डै ३९ दिनदेखी आन्दोलन गर्दै आएका छन ।

मृत फेला परेका शिक्षक पराजुली अत्याधिक मादक पदार्थ सेवन गरी मृत अबस्थामा फेला परेका प्रहरीले जनाएको छ । मृतक उनको शव परिक्षणका लागि प्रदेशिक अस्पताल कलैयामा राखिएको छ ।

सिम्रौनगढ नगरपालिका अन्तरगतका स्थायी,अस्थायी,करार, ज्यालादारी कर्मचारी,शिक्षक,स्वास्थ्यकर्मीहरु तलब भत्ता पाएका छैनन । समेतले दशैमा समेत तलब खान पाएका छैनन ।

सिम्रौनगढ नगरपालिकाको हालसम्म नगर परिषद हुन नसक्दा तलब भत्ता पाउन सकेका छैनन । नगरपालिकाले अघिल्लो बर्षकै नगर परिषद गर्न नसक्दा चालु आर्थिक बर्षको चार महिना वितिसक्दा पनि तलबभत्ता पाएको छैन ।

मृतक शिक्षक पराजुली मानसिक तनावमा रहदै आएको स्थानियहरुको भनाई छ । चाडपर्व दशै,तिहार र छठ पर्वमा समेत तलबभत्ता नपाएपछि शिक्षक पराजुली मानिसक तनाबमा परको हुनसक्ने धेरैको बुझाई छ । मानसिक तनाव बढ्दै गएपछि मातक पदार्थको लतमा पराजुली परेको हुनसक्ने अनुमान गरिन्छ ।

Leave a review

This will close in 0 seconds