वीरगञ्जको मदिरा पसलहरुमा अनुगमन,म्याद ग्ज्रिएका बियरहरु भेटिए

राम मण्डल
390 पाठक संख्या

वीरगंज महानगरपालिकाको बजार अनुगमन समितिद्वारा रगंजमा रहेका मदिरा बिक्रेता पसलमा अनुगमन गरेको छ ।

बिहीबार,शुक्रबार दुई दिन अनुगमन गर्ने क्रममा धेरै जसो मदिरा होलसेल पसलमा बिरगंज महानगर पालिकाबाट व्यवसाय प्रमाणपत्र नलिएर सन्चालन गरेको,कसैले नबिकरण नगरेको र केही ठाउमा म्याद गुज्रिएको बियर फेला परेको थियो ।

दुई दिन महानगरको बजार अनुगमन समितिले मदिरा बिक्रेता पसलमा अनुगमन गर्दा म्याद गुज्रिएको बियर फेला परेको अनुगमनमा सहभागी उपभोक्ता हित सँरक्षण मञ्च वीरगञ्जका अध्यक्ष अजित भुजेलले जानकारी दिए ।

अनुगमनको क्रममा मुर्ली चौक स्थित रिया एन्ड अदिती ईन्टरप्राईजेजमा म्याद गुज्रिएको बडबाईजर बियर ३३० एमएलको १४ थान बिक्री गर्न राखिएको,पानीटँकीमा रहेको रबि ट्रेडर्सबाट म्याद नाघेको नेपाल आईस बियर ६५० एमएलको एक थान,३३० एमएलको दुई थान,ड्रेगन बियर ६५० एमएलको एक थान ,बडबाईजर बियर ३३० एमएलको पाँच बोतल फेला परेको भुजेलले बताए ।

म्याद गुज्रिएका बियरहरुलाई अनुगमन टोलीले नष्ट गरेको उनले बताए । दिपक ईम्पेक्स एन्ड कर्सन बिरगंज–४ मा अनुगमन गर्ने क्रममा बिरगंज महानगर पालिकाको व्यवसाय प्रमाणपत्र दर्ता रहेको तर आर्थिक बर्ष २०८०÷८१ को नवीकरण नगरेको ,शिखर ईन्टरप्राईजेज बिरगंज –६ मा व्यवसाय प्रमाणपत्र दर्ता नरहेकोले ७ दिन भित्र दर्ता गर्न निर्देशन दिएको थियो ।

जय जगदम्बा ट्रेडर्स बिरगंज –४ मा व्यवसाय प्रमाणपत्र माग्दा असहयोग गरेको हुदा एक हप्ता भित्र वीरगंज कार्यालयमा ल्याउन निर्देशन समेत दिईएको थियो ।

बजार अनुगमन टोलिमा वीरगंज महानगर पालिकाका खाद्य अधिकृत बिपिन कुमार लाल दास, जिल्ला प्रशासन कार्यालय पर्साका ब्रह्देव प्रसाद यादव,बाणिज्य कार्यालयका कबिकान्त कुशवाह,नापतौल कार्यालयबाट आनन्द कुमार गुप्ता,होटेल व्यवसायी संघका हरि पन्त,बिरगंज उद्योग वाणिज्य संघका मनोज कुमार दास,वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी सहायक निरीक्षक रन्जित कुमार ठाकुर,सशस्त्र प्रहरी सहायक निरीक्षक वीरबहादुर लामा,उपभोक्ता हित संरक्षण मञ्च वीरगंजका अजित भुजेल समेतको उपस्थिति रहेको थियो ।

Leave a review