हरेक बर्ष १८ डिसेम्बरका दिन विश्वभर अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइने गरिन्छ।
यो बर्षपनि सोमवार १८ डिसेम्बर २०२३ का दिन विभिन्न कार्यक्रम गरेर नेपालमा पनि यो दिवस मनाईएको छ । यो बर्ष “आप्रवासीको योगदानको कदर र अधिकारको सम्मान” भन्ने मूल नाराका विश्वभर विभिन्न कार्यक्रम गरी आप्रवासी दिवस मनाईएको हो।
नेपालभर विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुले विभिन्न कार्यक्रमहरु गरेर दिवस मनाएका छन । बारामा पनि सोमवार आप्रवासी दिवस मनाईएको छ ।
जिल्लाको सदरमुकाम सहित अन्य विभिन्न स्थानीय तहहरुमा दीप प्रज्जवलन लगायतका कार्यक्रम गरेर अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाईएको छ ।
यसैगरी आप्रवासी दिवसका अवसरमा आप्रवासी हकहित संजाल बाराले सोमबार कलैयामा दीप प्रज्जवलन गरेर दिवस मनाएका हुन । कलैया स्थित मुख्य चौकमा
गरिएको उक्त दीप प्रज्जवलन कार्यक्रममा सञ्जालका पदाधिकारी तथा सदस्यहरु,नागरिक समाजका पदाधिकारीहरु, सेवा प्रदायक संस्था,दलित जनजाति उत्थान केन्द्र,बाराका पदाधिकारी तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

