छोरीको भाकल पूरा भएपछि पत्रकार धिरेन्द्र पनुहरद्वारा १०६ छठ व्रतालु महिलालाई सारी वितरण

साझेदारी डेलि
243 पाठक संख्या

कोल्हबी। बाराको कोल्हबी नगरपालिका–१ स्थित बभनी टोलका छठ व्रतालु महिलाहरूलाई पत्रकार धिरेन्द्र पनुहरले आइतबार सारी वितरण गर्नुभएको छ।

पत्रकार पनुहरकी छोरी तनुजा पनुहर हाल उच्च शिक्षा हासिल गर्ने सिलसिलामा न्युजिल्यान्डमा रहनुभएको छ। छोरी तनुजाको मनोकामना पूरा भएपछि उहाँले छठीमातासँग गर्नुभएको भाकलअनुसार बभनी टोलका १०६ जना छठ व्रतालु महिलाहरूलाई सारी वितरण गरिएको पत्रकार पनुहरले जानकारी दिनुभयो।

छोरीको मनोकामना पूरा भएको खुसीयालीमा छठीमाताप्रतिको श्रद्धा र विश्वासका साथ भाकल पूरा गरिएको उहाँले बताउनुभयो। धार्मिक परम्परा र पारिवारिक आस्थालाई निरन्तरता दिँदै व्रतालु महिलाहरूलाई सारी वितरण गरिएको उहाँको भनाइ छ।

छठ पर्व तराई–मधेसको मौलिक संस्कृति, धार्मिक आस्था र सामाजिक सद्भावको प्रतीकका रूपमा मनाइँदै आएको महान् पर्व हो। सूर्यदेव र छठीमाताको पूजा आराधना गरी परिवारको सुख, शान्ति, समृद्धि तथा सन्तानको दीर्घायु र उज्ज्वल भविष्यको कामना गरिने यस पर्वको विशेष धार्मिक महत्त्व रहेको छ।

छोरीले गरेको भाकल पूरा भएपछि त्यसलाई व्यवहारमा उतार्दै व्रतालु महिलाहरूलाई सारी वितरण गर्नुले धार्मिक विश्वास, पारिवारिक आस्था र सामाजिक सद्भावको सुन्दर उदाहरण प्रस्तुत गरेको छ।

सारी वितरण कार्यक्रममा पत्रकार पनुहरका बुवा योगेन्द्र पनुहर, आमा आशादेवी पनुहर, भाइ नरेन्द्र पनुहर, छोरीहरू एलिजा पनुहर र सृजा पनुहर तथा भतिज उमंगबाबु पनुहरको सहभागिता रहेको थियो।

Leave a review