भारतबाट युरिया मल ल्याउन पर्साका किसान बाध्य

राम मण्डल
308 पाठक संख्या

पर्साका किसानहरु अहिले रासायनिक मल नपाएर भौतारिएका छन् । गहुँ उम्रिसकेकोले त्यसमा अहिले मल हाल्नुपर्ने आवश्यकता रहेको छ ।

यस बेलामा किसानले मल पाएका छैनन् ।पर्साका किसानहरु सरकारले वितरण गर्ने सहुलियत मूल्यको मल नपाइरहेका हुन् ।उम्रिसकेको गहुँ खेतीमा अहिले युरिया मलको आवश्यकता रहेको छ ।

किसानहरुले सहज रुपमा मल पाउन सकेका छैनन ।किसानहरु मलको लागि सहकारीदेखि लिएर शहर बजारसम्म धाईरहेका छन् । आवश्यकता अनुसार युरिया मल नपाएपछि पर्साका ग्रामीण भेगका किसानहरु भारतबाट मल ल्याएर गहुँ खेतीमा हाल्न बाध्य भएका छन् ।सहकारीहरुमा जादा मल नपाएपछि भारतबाट केही किसानहरु मल ल्याईरहेका हुन् ।

अधिकांश किसानहरुले मल पाउन नसक्दा गहुँमा युरिया मल हाल्नबाट बञ्चित भएको पर्सा जगरनाथपुरका किसान समिम गदीले साझेदारी दैनिकसंग गुनासो गरे ।भारतबाट केही मल ल्याउदा प्रहरी प्रशासनले दुख दिने गरेको छ ।

प्रहरी प्रशासनलाई एक दुई बोरा मल ल्याउदा किसानलाई दुख नदिन आग्रह उनले गरे ।गहुँ उम्रिसकेकोले त्यसमा पानी हालेर युरिया हाल्ने बेला भएको छ । सहकारीमा आएको मल किसानले नपाएको पनि गदीको गुनासो रहेको छ ।

सरकारले कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङबाट सहकारी मार्फत किसानलाई अनुदानको मल उपलव्ध गराउने गरेको छ । पर्याप्त मल किसानसम्म नपुग्ने गुनासो सधैको जसो किसानहरुको रहेको छ ।अहिले किसानहरु सहित आफुले कृषि सामाग्रीमा पुग्दा मल सहकारीहरुलाई दिईरहेको बताइएको छ ।

वास्तविक रुपमा किसानहरुले पर्याप्त मल नपाएको किसान हकहित स्ँघर्ष समिति पर्साका अध्यक्ष सहरुम गदीले जानकारी दिए। भारतबाट किसानहरुले मल ल्याईरहेका छन् । साल्ट ट्रेडिङ र कृषि सामाग्री कम्पनीका कर्मचारीहरु भने मल पर्याप्त दिएको भनि झुठो बोलिरहेको उनले बताए ।

किसानसित प्रत्यक्ष सम्पर्कमा आउन तथा झुठो आश्वासन किसानलाई नबाँडनको लागि अनुरोध गरे । वास्तविक रुपमा किसानले मल पाए नपाएको भनि ध्यान दिन पनि कर्मचारीहरुसित गदीको आग्रह छ ।अहिले सहकारीहरुलाई साल्ट ट्रेडिङले मल वितरण गरिरहेको छ ।

साल्ट ट्रेडिङले सहकारीहरुलाई कोटा अनुसारको मल उपलव्ध गराएको छ । किसान र सहकारीहरुले मल नपाएको बताएका छन् ।पर्साको सदरमुकाम वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० मा रहेको रामरहिम बचत तथा ऋण सहकारी सँस्थाका अध्यक्ष हरिशँकर साहले मलको लागि दैनिकरुपमा किसानहरु आफुसित सोध्न आईरहेको बताए ।

किसानहरु युरियाको लागि आउने गरेको उनले बताए । मल सहकारीमा छैन भन्दा किसानले गाली गरेर जाने गरेको उनले बताए ।अहिले महानगरले पनि वडामा कोटा नछुटयाएकोले न मल पाउनमा कठिनाई भईरहेको साहको भनाई छ । चाहिएको बेलामा पर्याप्त मल उपलव्ध नहुनाले पर्साका किसानहरु सधै गुनासो गर्दै आएका छन्।

यसपालि सरकारले गहुँ खेतीको लागि मलको अभाव नहुने बताईरहेको छ । पर्साका किसानहरु उम्रिएको गहुँको लागि भारतबाट मल ल्याउन बाध्य छन ।

Leave a review