सोमवार बाराको सिमरामा पुर्वराजा ज्ञानेन्द्र शाहको भव्य स्वागत गरिएको छ ।
राजावादीहरुले पुर्वराजावादीहरुको जयजयकार गर्दै स्वगत गरे । “राजा आऊ देश बचाउ,हाम्रो राजा हाम्रो देश,प्राण भन्दा प्यारो छ,” जस्ता नाराहरु लगाउदै फुलमालाले ठाउठाउमा स्वागत गरेका थिए । उनलाई स्वागत गर्न सर्मथकहरुको ठुलो भिड नै लागेको थियो ।
बारा सिमराको मुख्य चौकमा सवारीबाट ओर्लिएका पुर्वराजा शाहलाई राजावादीहरुले भव्य रुपमा स्वागत गरेका थिए । सर्मथकहरुले सुरक्षा घेरालाई समेत तोडेर उनलाई फुल र माला दिएका थिए ।
यता पुर्वराजा शाहलाई स्वागत गर्न ठाउ ठाउमा ठुला ठुला स्वागत गेटहरु समेत बनाईएका छन । बनाईएका ती स्वागत द्धारहरुमा पुर्वराजाका तस्वीरसंगै श्री ५ महाराजधिराज ज्ञानेन्द्र बीर बिक्रम शाहदेव सरकार लेखिएको छ ।
वीरगंजदेखी पथलैयासम्म विभिन्न स्थानहरु यस्ता स्वगत द्धार बनाएर यस्तो लेखिएको छ । तर यो लेखाई प्रति कसैको विमति नभएको देखिन्छ । यस्तो लेख्दा नेपालको संविधान विपरित कार्य भएको मानिने भएपनि सरकार र सम्बद्ध निकायहरुले पनि वेवस्था गरिरहेका छन ।
संविधान अनुसार नेपालमा नेपाल सरकार भएपनि राजाबादीहरुले पुर्बराजा ज्ञानेन्द्रलाई सरकारको रुपमा लिखित प्रस्तुत गरेपनि कुनै पनि राजनीतिक दलहरुले पनि यस्तो लेखाईलाई देखे नदेखे जस्तो गरिरहेका छन । यो विषयमा न त दलहरु नै बोल्छन,न त सरकारी निकायहरुले कारवाही नै गर्न तत्पर देखाएका छन ।
बाराका बरिष्ठ अधिबक्ता दामोदर पौडेलका अनुसार नेपालको संबिधान र मुलुकी अपराध संहिताले यस्तो कुरा लेखेर प्रचारप्रसार गर्नुलाई अपराध मानेको बताउछन। यसमा मुलुकी अपराधका बिभिन्न दफा र उपदफाहरु आकर्षण हुने उनको भनाई छ ।
कानुनी अपराध मानिएपनि दलका नेता तथा कार्यकताहरुले यसलाई वेवस्था गर्दा उनीहरुको पनि राजसंस्था प्रति मौन सर्मथन रहेको एक राजावादी नेताको तर्क छ।


