फरार प्रतिवादी साधु यादव पक्राउ

साझेदारी दैनिक
313 पाठक संख्या

बारा प्रहरीले लागु औषध मुद्दामा फरार रहेका एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले मंगलवार एक विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएका हुन् ।

जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ११ खेस्रौल वस्ने अन्दाजी वर्ष ३१ का साधु यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई लागु औषध मुद्दामा एक वर्ष पाँच महिना छ दिन कैद सजायको फैसला अदालतले सुनाएको थियो । उनी माथि २० हजार जरिवाना सजाय सुनाइएको हो ।

लुकिछिपी वसेको अवस्थामा उनलाई पक्राउ गरी आवश्यक कानुनी प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

Leave a review

This will close in 0 seconds