बारा । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल बीओपी बरैनियाबाट खटिएको गस्ती टोलीले बिहिवार उक्त सामान बरामद गरेको हो।
बरामद लत्ताकपडा तथा सामान ढुवानीमा प्रयोग गरिएको मोटरसाइकलको अन्दाजी मूल्य ६ लाख ४६ हजार ७५० रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीले जनाएको छ।



