बारामा प्रतिबन्धित लागूऔषध १ हजार ४९५ पिस बरामद

साझेदारी डेलि
85 पाठक संख्या

बारा । बाराको कलैया उपमहानगरपालिका–१० सनीचरेमठस्थित सीमा क्षेत्रमा सशस्त्र प्रहरीले प्रतिबन्धित लागूऔषधका १ हजार ४९५ पिस बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म मटिअर्वाबाट खटिएको टोलीले सोमबार सीमा क्षेत्रमा विभिन्न प्रकारका प्रतिबन्धित लागूऔषध बरामद गरेको हो।

बरामद लागूऔषधमा डाइजेपाम इन्जेक्सन आईपी ५०० पिस, आईपीपीएल बुप्रेनोर्फिन इन्जेक्सन आईपी १९५ पिस, नुफिन बुप्रेनोर्फिन इन्जेक्सन ३०० पिस र एबट प्रोमेथाजिन हाइड्रोक्लोराइड इन्जेक्सन आईपी ५०० पिस रहेका छन्।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १२ गण हेडक्वार्टर बाराका सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायब उपरीक्षक विक्रम मणि अधिकारीले बरामद लागूऔषध सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको जानकारी दिएका छन्।

Leave a review