तामागढी साकोसद्धारा वृद्धवृद्धा भेटघाट कार्यक्रम

साझेदारी दैनिक
329 पाठक संख्या

बाराको कोल्हवीमा रहेको तामागढी बचत तथा ऋण सहकारी संस्थाले शुक्रवार बाराको पथलैयमा रहेको वृद्धा आश्रका बृद्धबृद्धा आमाबुबाहरुलाई फलफुल तथा हर्लिस वितरण गरेको छ ।

सहकारीले आफ्नो १५ औँ बार्षिक उत्सव तथा १६औं  स्थापना दिवसको अवसरमा आयोजित “बृद्धबृद्धा भेटघाट कार्यक्रम” अन्तरगत फलफुल वितरण गरेको हो ।

संस्थाले बार्षिक उत्सवका अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत सप्ताह ब्यापी रुपमा विभिन्न कार्यक्रम गर्दै आइरहेको ।

यसैविच शुक्रवार जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैयामा अवस्थ्ति जेष्ठ नागरिक सम्मान बृद्दा आश्रममा रहेका ८ जना आमाबुबाहरुलाई भेटघाट गरि गम्छा ओढाएर फलफुल, दुध, हर्लिस वितरण गरेको सहकारीले जनाएको छ ।

सहकारी संस्था संचालक समिति सदस्य एवम् सिमरा सेवाकेन्द्र संयोजक सन्तोष पाण्डेको अध्यक्षता आयोजित उक्त कार्यक्रमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर–१ का वडासदस्य राकेश सुब्बा, आश्रमका अध्यक्ष जीवन कालिकोटे, सहकारीका सिमरा सेवाकेन्द्र सदस्यहरु नारायणप्रसाद रिमाल, समिमुल हक अन्सारी र कृष्ण बहादुर थापाको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममको संचालन सहकारीको जीतपुरसिमरा सेवा केन्द्र प्रमुख उमेश सापकोटाले संचालन गर्नुभएको थियो ।

Leave a review