बाराको जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.२२ अमलेखगंज स्थित जंगल एरियामा संयुक्त गस्ति टोलिले लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय सिमरा, बारा र पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय अन्तर्गत रहेको डम्बरपुर पोष्टीबाट खटिएको नेपाली सेना (सबुज गण) को संयुक्त गस्ती टोलिले आउदै गरेको पैदल यात्रु जीतपुर सिमरा उप–महानगरपालिका वडा नं. ८ बस्ने अन्दाजी वर्ष ५४ को बासुदेव महतोलाई पक्राउ गरेको हो ।
उनको साथबाट ११ किलो गाँजा बरामद गरेको हो । संयुक्त टोलिले जाँच गर्दा निजले बोकेको बोरा भित्र लुकाई छिपाई लगि रहेको निम्न वमोजिमको लागु औषध वरामद गरेको हो ।
उनलाई नियन्त्रणमा लिई लागु औषध मुद्दा दर्ता गरी बारा जिल्ला अदालत,कलैयाबाट दिन ५ (पाँच) म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


