एक महिनामा त्रियानब्बे फरार प्रतिवादी पर्सामा पक्राउ

राम मण्डल
252 पाठक संख्या

बितेको एक महिनामा ९३ जना फरार प्रतिबादीहरुलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

फागुन मसान्तमा तीन करोड ३१ लाख दुई हजार तीन सय २३ रुपैयाँ बराबरको भन्सार छलीका बिभिन्न सामानहरु पनि नियन्त्रणमा लिएको छ ।

उक्त सामानहरुलाई प्रहरीले आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालय र राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको पर्साका प्रहरी प्रबक्ता एवम् डिएसपी कुमार बिक्रम थापाले साझेदारी दैनिकलाई जानकारी दिए ।

यसैगरी एक महिनाको अवधिमा पर्सा प्रहरीले लागु औषध, प्रतिबन्धित ट्याब्लेट–२५८५, गाँजा –१४ के.जी.,खैरो हिरोइन–२० ग्राम ९५ मि.ग्राम कोरेक्स–८ बोतल बरामद गरेको पनि थापाले बताए ।

Leave a review