चिनियाँ कम्पनी विरुद्ध चुरे तथा वन संरक्षण अभियानद्वारा प्रर्दशन

राम मण्डल
288 पाठक संख्या

चुरे तथा वन जंगल संरक्षण अभियानद्वारा चिनियाँ कम्पनी विरुद्ध आइतबार वीरगञ्जमा विरोध प्रदर्शन गरिएको छ ।

चिनीयाँ कम्पनीले विकासको नाममा मधेसको लाईफ लाईनमा सिरहा र सप्तरी जिल्लाको महेन्द्र राजमार्ग बनाउने बहानामा नियमित हिसाबले चुरे पहाडको विनाश गर्दै आईरहेको जनाउदै अभियानले विरोध प्रदर्शन गरेको हो । विभिन्न नाराका साथ उनीहरुले विरोध प्रर्दशन गरेका हुन् ।

चिनियाँ हस्तक्षेप बन्द गर, बिआरआई परियोजना खारिज गर, नेपाल माथिको अनावश्यक चिनियाँ हस्तक्षेप बन्द गर, राष्ट्रिय स्वाधिनता कायम गर भन्ने विभिन्न नाराका साथ जुलुस निकाली उनीहरुले प्रदर्शन गरेका हुन् । नगर परिक्रमा पश्चात घण्टाघरमा कोण सभामा परिणत भएको थियो ।

सो विरोध प्रर्दशनमा चुरे तथा वन जंगल संरक्षण अभियानका संयोजक सुनिल यादवले चुरेलाई उत्खन्न गरी विनाश गर्दै आईरहेको आरोप लगाए ।

अनावश्यक रुपमा पोखरा अन्तराष्ट्रिय विमानस्थल बनाई प्रत्येक नेपालीमाथि जबरजस्ती ऋण थुपारेको, चिनियाँ राणनितिक तथा विकासको नाममा भुमरीको जालोमा फसाउँदै आएको र केही दिन अगाडि सिराहा डिभिजन वन कार्यालयले अवैध रुपमा उत्खनन् गर्दै आएका चिनियाँ कम्पनी (श्री चाईना रेल्बे नं. २ इन्जिनियरिङ्ग ग्रुप कम्पनी लि. काठमाण्डौका स्काभेटर, टिपर तथा चिनियाँ नागरिक पक्राउ गरी जिल्ला अदालत सिराहाले मुद्दा चलाएको छ ।

सो मुद्दा विचाराधिन रहेको र तराई मधेसमा चिनियाँ विस्तारवादी विरुद्ध हाम्रो सदैव अभियान जारी राख्ने र मधेशलाई मरुभूमि हुनबाट जोगाउन सम्पूर्ण मधेसी तथा नेपाली दाजुभाई एकजुट भई विकासको नाममा विनाश गर्दै आएका चिनियाँ र चिनियाँ कम्पनी विरुद्ध विरोध गर्न आग्रह गर्दै आफ्नो मन्तव्य राखेको थिए ।

त्यस्तै अभियानका अभियन्ता चन्द्रप्रकाश सुवेदीले चिनियाँ विस्तारवाद र चीनले विभिन्न चरणमा नेपाली भूमि मिच्दै आएको र चिनियाँ कम्पनीद्वारा देशको विभिन्न ठाउँमा विकासको नाममा विनाश गर्दै आएको जस्तै नारायणगढ–बुटवल सडक खण्ड, पोखरा अन्तराष्ट्रिय विमानस्थल, महेन्द्र राजमार्ग विकासको नाममा चुरे दोहन लगायत बारे आफ्नो भनाई राखेको थिए ।

सो कार्यक्रममा अभियानका अभियन्ताहरु पुनदेव चौधरी, सुनिल भान्जा, चित्रलेखा चौधरी, सुनिल कुशवाहा, सुभाष यादव र पार्वती नेपाल लगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्ता, विधार्थी तथा समाजसेवीको उपस्थिति रहेको थियो ।

Leave a review

This will close in 0 seconds