रङहरूको पर्व होली तराईका बिद्यालय र संघसंस्थाहरुमा मनाइन सुरु भएको छ ।
बारा र पर्साका बिद्यालय र संघ संस्थाहरुले शुक्रबार एक कार्यक्रमको आयोजना गरी शुभकामना आदान प्रदान गरी एक अर्कालाई रङ्ग लगाई होलि पर्व मनाएका हुन् ।
बिद्यार्थी र शिक्षकहरु बिद्यालयबाट घर फर्किने क्रममा रङ्गले रङ्गीबिरङ्गी भएका थिए ।बसन्त ऋतुको आगमनको शुरूआतमा पर्ने होली आईतबार पहाडी क्षेत्र र तराई क्षेत्रमा सोमबार परेको छ ।
होलीको अवसरमा क्षेत्र अनुसार सरकारले सार्वजनिक बिदासमेत दिएको छ । सद्भावको रूपमा लिइएको यो पर्व उल्लासमय छ ।
विगतका वर्षहरूमा कोभिड संक्रमणले खुम्चिएको होली यस वर्ष भने विशेष देखिएको छ । आम नागरिकहरू उल्लासमय तरिकाले होली मनाइरहेका छन् ।होली पर्व एकआपसमा सद्भाव र आत्मीयता साटासाट गर्ने पर्वको रूपमा रहेको छ । होलीलाई लिइन्छ ।
स्कुलमा पढ्ने विद्यार्थीदेखि बृद्धबृद्धाहरूले सामूहिक रूपमा होली खेलेर रमाउने गर्दछन् । दुई वर्षपछि सामूहिक रूपमा होली बनाउन पाउँदा खुसी देखिन्छन् ।
पछिल्लो समयमा सामूहिक रूपमा आयोजना गरेर होली विशेष कार्यक्रमहरू पनि सञ्चालन भएका देखिन्छन् । युवा युवतीहरू होलीको पूर्ण तयारीमा छन । होलीको लागि टिसर्ट, थरिथरीका रङहरू किनमेल गर्नेहरूको बजारमा यस वर्ष बाक्लै उपस्थिति रहेको छ ।होलीमा सबैले आफ्नै तरिकाले मनाउने गर्छन् ।
कसैले होलीमा रङ एकआपसमा दलेर मनाउने गर्छन् भने कसैलै होली विशेष कार्यक्रम गरेर पनि गराउने गर्छन् । होलीको लागि विशेष टि–सर्ट पनि किन्ने गरेका छन् । रमाऔं होली लेखिएका टिसर्ट लगाएर होली खेल्नेसमेत गरेका छन् ।
‘सेतो टिसर्टमा सबै प्रकारका रङहरू देखिने भएकाले टिसर्ट लगाउने गरेको छु’ श्याम सहनीले भने, ‘होली पहिचानमा खल्न बेग्लै मजा हुन्छ ।
होलीलाई व्यवस्थित गर्ने बारा प्रहरी प्रशासनले नीति बनाएर सबैमा सभ्य भएर मनाउन आग्रहसमेत गरेको छ । उच्छृख्ल गतिबिधि गर्नेलाई प्रहरीले कार्बाही गर्ने चेतावनी दिएको छ ।

