आदर्श कोतवालमा मेयरकप टी २० क्रिकेट प्रतियोगिता शुरु

साझेदारी दैनिक
446 पाठक संख्या

आदर्श कोतवाल गाउँपालिकामा मेयरकप टी २० क्रिकेट प्रतियोगिता शुरु भएको छ ।

प्रतियोगिताको गाँउपालिकाका अध्यक्ष जवाहर प्रसाद साहले उद्घाटन गरेका छन । प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष साहले खेलाडीहरु देशको गहना भएको बताएका छन । खेल र खेलाडीहरुलाई संरक्षण एवम सम्वद्र्धन गर्न सके मात्र मुलुकमा खेलकुदले स्थायित्व पाउने अध्यक्ष साहले बताएका छन।

उनले खेलाडीहरुको क्षमता अभिवृद्धि संगै घरेलु मैदानमा अभ्यास गर्नका लागिपनि हरेक बर्ष बजेटको व्यवस्था गरि विभिन्न प्रकारको खेलको आयोजना गर्दै आएको बताए ।

चिउटाहा क्रिकेट क्लवका अध्यक्ष मिथलेश शर्माको अध्यक्षतामा सम्पन्न उदघाटन समारोहमा गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुना साह रौनियार,वडा नम्बर १ का वडाअध्यक्ष सुनिल प्रसाद कुशवाहा, वडा नम्बर ८ का वडाअध्यक्ष हरिनायारण कुशवाहा लगायतले शुभकामना मन्तब्य ब्यतm गरेका थिए ।

उद्घाटन कार्यक्रममा गाउँपालिकाकी उपाअध्यक्ष मिरादेवी यादव, वडाअध्यक्षहरु मनोज कुशवाहा,शशिभुषन प्रियदर्शी,शेख जवाहिर, रुपेश नारायण सिह,कार्यपालिका सदस्य गुन्जेशवरी साह लगायतको सहभागिता रहेको थियो ।

चिउटाहाँ खेल मैदानमा संचालित उक्त प्रतियोगिता ६ दिनेसम्म चल्ने प्रतियोगितामा वीरगंज,कलैया,हेटौडा,जनकपुर,सिम्रौनगढ,चिउटाहाँ क्रिकेट क्लवको सहभागिता रहनेछ । प्रतियोगिता अन्तरगत सोमवारको खेल बिरगंज र कलैयाबिच भएको थियो ।

Leave a review

This will close in 0 seconds