नयाँ वर्षको स्वागतमा एक सय जनालाई निशुल्क खाना

रञ्जन यादव
1.2k पाठक संख्या

जीतपुर स्थित सहयोगी हात नेपाल संस्थाले नयाँ वर्षको अवसरमा एक सय जनालाई निशुल्क खाना दिएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुरमा नयाँ बर्ष २०८१ को आगमनसँगै उनीहरुलाई खाना ख्वाईएको हो ।

गरिब असहाय तथा आर्थिक अवस्था कमजोर भएका ब्यक्तिहरुलाई उसले एक छाक खाना ख्वाएको हो ।

सहयोग स्वरुप सङ्कलन गरिएको रकम र सामग्रीबाट खाना ख्वाईएको सहयोगी हात नेपालका संरक्षक मनोजकुमार साहले जानकारी दिए ।

हरेक शनिबार निशुल्क एक छाँक खाना ख्वाईने योजना रहेको साहले बताए । पहिलो दिन दाल,भात,तरकारी र अचारसहित शाकाहारी खाना खुवाइएको छ । निशुल्क खाना खुवाउने कार्यबाट विशेष गरी निम्न वर्गीय श्रमिक लाभान्वित भएका छन् ।

पहिलो दिन ठेला तथा रिक्सा चलाउनेदेखि लिएर नियमित ज्याला मजदुरी गर्ने तथा जीतपुर क्षेत्रको मुख्य राजमार्गबाट आवतजावत गर्ने सर्वसाधारण एवम् पैदल यात्रुहरु समेत खाना खान पुगेका हुन्।

संस्थाका अध्यक्ष देवानन् साहको अध्यक्षतामा भएको निशुल्क खाना ख्वाउँने कार्यक्रमको औपचारिक उद्घाटन मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले गरेका थिए ।

सहयोगी हात नेपालले सहयोग प्राप्त भईरहुञ्जेल सम्म खाना ख्वाईरहने जनाएको छ ।

कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला अधिकारी,नेकपा माओबादी केन्द्रका जीतपुरसिमरा नगर कमिटी अध्यक्ष प्रेम बराल,जितपुरगाविस पूर्व अध्यक्ष कृष्णव्रत सिंह,समाजसेवी राजुराज गिरी,मनिर अंसारी लगायतको उपस्थिति रहेको थियोे ।

Leave a review