रामनवमीको अवसरमा जीतपुरमा शोभा यात्रा

रञ्जन यादव
267 पाठक संख्या

रामनवमीको अवसरमा हिन्दु परिषद नेपालले बुधबार शोभायात्रा निकालेको छ ।

उसले जीतपुरमा मर्यादा पुरुषोत्तम श्रीरामको जन्मोत्सव शोभा यात्रासहित मनाएको छ ।

हिन्दु समाज जीतपुरले आयोजना गरेको कार्यक्रममा राम नवमी एवम् शोभा यात्रा महोत्सव आयोजना गरिएको हो ।

हजारौँको सहभागितामा निस्किएको वृहत् सोभा यात्रासहितको झाँकीले जीतपुर परिक्रमा गरेको थियो । शोभा यात्रा झाँकीसहित बिहान ७ बजे निकालिएको थियो ।

शोभा यात्रा जीतपुरका मुख्य बजार क्षेत्र परिक्रममा गरेर गढीमाई मन्दिर प्राङ्गणमा आएको थियो ।

बिश्व हिन्दु परिषदले साँझमा साँस्कृतिक नृत्य,झाँकी,माहाआरती,भजनकिर्तन लगायतको कार्यक्रम गरेको बिश्व हिन्दु परिषद नेपाल जीतपुरसिमरा उपमहानगरकमिटीका अध्यक्ष धिरज गुप्ताले जानकारी दिए ।

Leave a review

This will close in 0 seconds