नाकामा निगरानी बढाउँदा झण्डै १० लाखका सामान बरामद

साझेदारी डेलि
59 पाठक संख्या

बारा । सीमावर्ती क्षेत्रमा गरिएको निगरानी तथा चेकजाँचका क्रममा बाराबाट सशस्त्र प्रहरीले ९ लाख ६९ हजार रुपैयाँभन्दा बढी मूल्यका विभिन्न सामान नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हेडक्वाटर बाराका अनुसार गण तथा मातहतका युनिटबाट परिचालित टोलीले विभिन्न स्थानबाट ती सामान बरामद गरेको हो।

प्रहरीले रजनीगन्धा, कपडा, मोबाइलका पार्टपुर्जा, पिनट, डेरी मिल्क, स्नाइकल चकलेट, खजुर, टायर, मोटरसाइकल, किराना सामग्री र पटका लगायतका सामान नियन्त्रणमा लिएको जनाएको छ।

बरामद सामग्रीको कुल मूल्य ९ लाख ६९ हजार १७० रुपैयाँ रहेको गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक विक्रम मणि अधिकारीले जानकारी दिए।

उनका अनुसार नियन्त्रणमा लिइएका सामान आवश्यक कानुनी प्रक्रियाका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।

Leave a review