चुनावलाई मध्यनजर गर्दै भारत–नेपाल बोर्डर बन्द

साझेदारी दैनिक
306 पाठक संख्या

नेपाल–भारत अन्तर्राष्ट्रिय बोर्डरहरु शिल गरिएको छ । भारतमा भईरहेको लोकसभाको चुनावलाई मध्येनजर गर्दै मुख्य बोर्डर शिल गरिएको हो ।

भारतमा को मध्वनी जिल्लाको झंझारपुर संसदीय निर्वाचन क्षेत्रमा हुने निर्वाचनका लागि बोर्ड शिल गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले प्रेस विप्ती जारी गरेर जनाएको छ ।

नेपाल भारत दुवै पक्षबीच बसेको जिल्ला समन्वय समितिको बैठकले बोडर बस्कलमा टगरेको निर्णय गरेको छ ।

छिमेकी देश भारतमा बैशाख २५ गते मंगलवार हुने लोकसभाको चुनाका कारण सोमवार मध्यराती १२ बजेदेखि २५ गते मध्यरातीसम्म सीमानाका बन्द हुने भएका प्रहरीले जनाएको छ ।

त्यस्तै जेठ ४ गते मध्यरातदेखि जेठ ७ गतेसम्म भारत नेपाल अन्तर्राष्ट्रिय बोर्डर बन्द हुने जनाईएको छ।

Leave a review