अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवसको अवसरमा नर्सलाई सम्मान

साझेदारी दैनिक
309 पाठक संख्या

वीरगञ्जको नारायणी अस्पतालबाट अवकाश प्राप्त नर्सहरुलाई अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा आइतबार एक कार्यक्रम वीच सम्मान गरिएको छ ।

अस्पतालको सभाहलमा आयोजित एक कार्यक्रममा अस्पतालबाट अवकाश प्राप्त नर्सहरुलाई स्वास्थयकर्मीहरुले केक काटेर खुवाएर सम्मान गरेका हुन ।

अस्पतालमा नयाँ भर्ना भएका नर्सहरुलाई अस्पतालमा कार्यरत सिनियर नर्सिङ स्टाफहरुले बिरामीहरुको हेरचाह र उपचारको बारेमा ज्ञान प्रदान गरेका थिए ।फ्लोरेन्स नाईटिङगेलको जन्म जयन्तिको अवसरमा विश्वभरी मनाईदै आएकाछन् ।

अस्पतालकी नर्सिङ अधिकृत श्रुति साहको अध्यक्षतामा सो कार्यक्रम भएको हो । कार्यक्रममा अस्पतालमा कार्यरत नर्सिङ स्टाफ,स्वास्थ्यकर्मी,अस्पतालका कर्मचारी पत्रकार लगायतको सहभागिता रहेको थियो ।

Leave a review

This will close in 0 seconds