नेकपा माओवादी केन्द्र निकट प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ मधेस प्रदेशको प्रथम प्रदेश सम्मेलनबाट ५१ सदस्यीय प्रदेश कमिटी गठन भएको छ ।
वीरगञ्जमा शुक्रबार र शनिबार गरी दुई दिनसम्म वीरगञ्जमा चलेको सम्मेलनले महासंघ मधेस प्रदेशको अध्यक्षमा सञ्जिव यादवलाई सर्वसम्मतले चयन गरेको छ ।
यस्तै समितिको उपाध्यक्षमा रुपलाल साह र शिव मण्डल चुनिएका छन । वीरगञ्जमा प्रदेश सम्मेलनको नेकपा माओबादी केन्द्रका सचिव एवम् मधेस प्रदेश इन्चार्ज लिलामणी पोखरेलले शुक्रबार उदघाटन गरेका थिए ।
सम्मेलनमा पार्टीका स्थायी समिति सदस्य तथा प्रदेश सहइञ्चार्ज विश्वनाथ साह,फ्र्याक्सन इञ्चार्ज कल्पना धमला,केन्द्रीय सदस्य तथ पर्सा इञ्चार्ज विजय महतोको विशेष उपस्थिति थियो ।
यस्तै नेकपा माओवादीको बारा इञ्चार्ज क्षेत्र बहादुर श्रेष्ठ, जितपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल लगायतको सहभागिता रहेको थियो ।


