मानव अधिकार तथा शान्ति समाज बाराको २० औँ साधारण सभा बाराको सिमरामा सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन केन्द्रिय सभापति रामकृष्ण बरालले गरे । मन्तव्य व्यक्त गर्दै बरालले मानव अधिकार,शान्ति,अहिंसा र लोकतन्त्रका लागि वकालत गर्ने संस्था शान्ति समाज भएको जनाए ।
उनले विश्वका मानवको रक्षाका लागि संस्थाले वकालत गर्ने गरेको जानकारी दिए । हिंसाले मानव अस्तित्व नै समाप्त पार्ने जनाए । उनले कुनै पनि हिंसा जायज छैन भने ।
विश्वमा मानव अस्तित्व समाप्त पार्ने गरी भैरहेका आणविक हतियारमाथी प्रतिबन्ध लगाईनु पर्ने विचार ब्यक्त गरे । यस्ता खालका यूद्ध अपराध तत्काल नियन्त्रण गर्न दवाव दिने उद्देश्यले शान्ति समाजले विभिन्न शक्ति राष्ट्रका दुतावास अगाडी बारम्बार धर्ना तथा विरोध प्रर्दशनहरु गर्दै आईरहेको उनले जनाए ।
चुरे ध्वस्त पार्न पाईदैनः मरुभूमिकरण गर्ने नीति चाहिंदैन भन्ने मूल नाराको साथ साधारण सभा भएको हो ।
कार्यक्रमको अवसरमा बारा शाखाका तर्फबाट केन्द्रिय समिति सभापति बराल तथा पूर्व केन्द्रिय सभापति पुडासैनीलाई एकसय थान निम,साल,गुलमोहर लगायत विभिन्न प्रजातिका विरुवा हस्तान्तरण गरिएको थियो ।


