पचरौता नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक आर्थिक वर्ष २०८१÷८२ का लागि ६१ करोड ४३ लाखको बजेट

साझेदारी दैनिक
311 पाठक संख्या

नूर आलम बादशाह/

शिक्षा,कृषि,स्वास्थ्य,भौतिक पूर्वाधार विकास तथा अन्य सामाजिक विकासमा जोड दिँदै बाराको पचरौता नगरपालिकाले आईतवार आगामी बर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

पचरौता नगरपालिकाका नगरप्रमुख जलन्धर सिंहले नगरपालिकाको १२ औं नगर सभाबाट आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि ६१ करोड ४३ लाख ५ सय एक रुपैया बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन ।

नगरपालिकाको आर्थिक वर्ष ०८१÷८२ मा केन्द्र सरकार वित्तीय समानीकरण अनुदान ११ करोड २७ लाख,सशर्त अनुदान २३ करोड ८ लाख,केन्द्र सरकार समपुरक अनुदान १ करोड १० लाख, संघ बिशेष अनुदान ७० लाख,राजस्व बाडँफाँट ९ करोड ८७ लाख ९९ हजार ९ सय ९९ रुपैया,प्रदेश सरकार समानीकरण अनुदान ९० लाख,प्रदेश सशर्त अनुदान ५० लाख,सम्पूरक अनुदान २० लाख,बिशेष अनुदान २० लाख तथा नगरपालिकाको आर्थिक बर्ष २०८०÷८१ को संचित रहेको अनुमानित आन्तरिक श्रोत ७ करोड़ ५ सय २ रुपैया यसैगरी नगरपालिका तथा अन्य निकायको आर्थिक बर्ष२०८१÷८२ मा प्राप्त हुने आन्तरिक राजस्व ६ करोड़ ६० लाख गरी जम्मा ६१ करोड ४३ लाख ५ सय एक रुपैया कुल बजेट विनियोजन गरिएको जनाईएको छ ।

नगरपालिकाले भौतिक पूर्वाधारतर्फ सार्वजनिक सुनवाई तथा परिक्षण कार्यलाई निरन्तरता दिने,खेलकूद तथा प्रशिक्षणको लागि आर्थिक सहयोगलाई निरन्तरता दिने,खाने पानी टयांकी तथा डीप बोरिंग जडान कार्यलाई निरन्तरता दिने,सौर्य बिधुतीकरणका लागि सबै वडामा सोलार जडान कार्य अगाडि बढाइने,आगलागीबाट पचरौताबासीलाई जोगाउन बारुण यन्त्रको ब्यवस्थापन गर्ने निति लिएको छ।

पचरौता नगरपालिकाले सामाजिक बिकास तर्फ शिक्षक कर्मचारीहरुको मासिक तलब भत्तालाई निरन्तरता,बिधार्थीहरुलाई दिदै आएको छात्रबृतिलाई निरन्तरता,नगरपालिकालाई शैक्षिक हवका रुपमा विकास गर्ने,बृद्ध बृद्धाहरुलाई मोतियाबिंदको निशुल्क शलयक्रियालाई निरन्तरता दिदै १५ सैयाको नगर अस्पताललाई ब्यवस्थित तथा सेवा बिस्तार गर्ने नीति लिएको छ।

आर्थिक बिकास तर्फ पशुपालन,कृषि केन्द्र स्थापना,कोल्ड स्टोर निर्माण,मत्स्य प्रयोगशाला निर्माण गर्ने निति सँगै किसानको गोठमा अनुदान किसानको ओठमा मुस्कान अभियनलाई निरन्तरता दिने छ।
कार्यक्रमलाई उद्घाटन गर्दै नगर प्रमुख जलन्धर सिंहले नगरका गौरवका योजना तथा अधुरा योजना,सामाजिक आर्थिक तथा पूर्वाधार निर्माणसंगै गुणस्तरीयतामा बृद्धि,कृषि तथा पशु विकासको आधुनिकीकरण प्रविधि मैत्री गुणस्तरीय सेवा आत्मनिर्भर र उद्यमशीलतामा जोड र सरोकारवालासंग फराकिलो साझेदारीलाई प्राथमिकतामा राखिएको बताए।

पचरौता नगरबासीको जनभावना अनुसार काम गर्न वडाध्यक्ष,वडासचिव तथा अन्य कर्मचारीहरुसँग उनले आग्रह गर्दै जनताको मुल मागलाई समेट्दै नगरपालिकाको चौतर्फी विकासको पथमा लाग्ने उनले प्रतिबद्धता जनाए ।

पचरौता नगरपालिकाको विभिन्न बस्ती तथा टोल–टोलका बासिन्दाहरुको समस्यालाई समाधान हुने खालका योजनालाई पहिचान गरेर प्रभावकारी कार्यान्वयन गराउने तर्फ लाग्ने उनले बताए ।

नगर प्रमुख जलन्धर सिंहको अध्यक्षतामा भएको कार्यक्रमका बिशिष्ट अतिथि उप नगर प्रमुख नसीमा खातुन,वडा अध्यक्षहरु धेनुक राउत कुर्मी,बनारसी बिन,मकबूल मियाँ अंसारी,गगनदेव यादव,जिल्ला कमिटी सदस्य सुरेश यादव भैयाराम सहनी,राष्ट्रिय युवा संघ नेपाल जिल्ला उप सचिव रौशन यादव,पचरौता,शिक्षा प्रमुख पन्डित त्रिपाठी, सहायक शिक्षा प्रमुख मुकेश कुमार सिंह,प्रधानाध्यापक सबिन्द्र सहनी,पचरौता नगर कमिटी सदस्य नेवाजी अन्सारी,बिभिन्न शाखा प्रमुख,सञ्चारकर्मी लगायत कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो भने कार्यक्रम सञ्चालन दीपक चौधरीले गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य निमित्त प्रमुख प्रशासकीय अधिकृत गौरी साहले राखेका थिए भने नीति तथा कार्यक्रम प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष लक्ष्मी यादवले प्रस्तुत गर्नुभएको थियो ।

Leave a review

This will close in 0 seconds