१४ लाख २४ हजार बराबरको अवैध समान बरामद

संदिप प्रसाद यादव
260 पाठक संख्या

बारा प्रहरीले १४ लाख २४ हजार बराबरको अवैध समानहरु बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका मातहत तथा प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएका प्रहरी टोलीले जिल्लाको स्थानबाट अबैध भन्सार छलीका अन्दाजी मुल्य रू. १४ लाख २४ हजार बराबरको कपडा र अन्य समानहरू बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले बिश्रामपुर गाँउपालिका वडा नम्बर ४ बलिरामपुर स्थितमा भारतबाट नेपाल तर्फ ल्याउदै गरेको बिभिन्न किसिमको रेडिमेन्ट कपडा १३ बोरा १ झोला गरी अन्दाजी मुल्य रू. बाह लाख रुपैयाँ बराबरको बरामद गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरी चौकी श्रीनगर बैरियाबाट खटिएको प्रहरी टोलीले पचरौता नगरपालिका वडा नम्बर २ श्रीनगर बैरिया स्थितमा भारतबाट नेपाल तर्फ ल्याउदै गरेको रेडिमेन्ट कपडा र औषधी गरी अन्दाजी मुल्य रू. एक लाख चौतिस हजार बराबरको बरामद गरेको प्रहरीले जनाएको छ ।

त्यसैगरी प्रहरी चौकी कचोर्वाबाट खटिएको प्रहरी टोलीले सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ बसवरिया स्थितमा भारतबाट नेपाल तर्फ ल्याउदै गरेको सिएफएल सिम १५ वाडको १३६ पिस अन्दाजी मुल्य रू.नब्बे हजार रुपैयाँ बराबरको बरामद गरेको छ ।

कपडा र अन्य समानहरूलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन ।

Leave a review

This will close in 0 seconds