जिल्ला प्रहरी कार्यालय बाराले विशेष घुम्ति प्रशिक्षण तालिम अन्तरगत भिड नियन्त्रण सम्बन्धी छ दिने विशेष तालिम शुरु गरेको छ ।
तालिमको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरिक्षक राजेश थापाले आईतवार उद्घाटन गरेका थिए । फागुन १३ गतेसम्म चल्ने उक्त तालिममा प्रहरी कार्यालयका प्रहरी हवल्दार र प्रहरी जवानहरु गरि ३५ जनाको सहभागिता रहेको छ ।
प्र.ह.÷प्र.ज.लक्षित विशेष घुम्ति प्रशिक्षण तालिम अन्तरगत उक्त तालिम संचालन गरिएको नायव उपरिक्षक थापाले जनाएका छन ।

