वार्षिकोत्सवको अवसरमा कोल्हवीमा भयो वृहद खुल्ला रक्तदान

साझेदारी दैनिक
444 पाठक संख्या

धीरेन्द्र पनुहर/

कोल्हवीमा ग्लोबल बहुउद्देश्यीय सहकारी संस्था लिको पाचौं वार्षिकोत्सबको अवसरमा वृहद् खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

बाराको कोल्हवीमा रहेको श्री ग्लोबल बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो पाँचौं बार्षिक उत्सवको अवसरमा गरेको विभिन्न सामाजिक कृयाकलाप अन्तर्गत रक्तदान गरिएको हो ।

रक्तदान जीवन दान भन्ने मूल नाराका साथ भएको सो कार्यक्रमको प्रमुख अतिथि कोल्हवी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीले पानसमा बत्ती बालेर उद्घाटन गरेका हुन् । संस्थाको आयोजना र नेपाल रेडक्रस सोसाइटी पर्साको प्राबिधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ७५ जना पुरुष र आठ जना महिला गरी ८३ जनाले रक्तदान गरेका छन् ।

सो कार्यक्रममा कोल्हवी बजार क्षेत्रमा फोहर व्यवस्थापन गर्न सजिलो होस भन्ने उद्देश्यले कोल्हवी नगर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मी प्रसाद जयसवाललाइ ८ थान डस्टविन हस्तान्तरण गरिएको थियो ।

यस्तै आगो नियंत्रणमा सजिलो होस भनी एक एक थान अग्नि नियंत्रक ग्यास सिलिंडर ईलाका प्रहरी कार्यालय कोल्हवी र सशस्त्र प्रहरी बललाई संस्थाले उपलब्ध गराएको छ।

उक्त कार्यक्रममा कोल्हवी नगरपालिका वाड नम्बर १ का वडा अध्यक्ष राजहरन चौधरी,३ का वडा अध्यक्ष किशुनदयाल चौधरी,कोल्हवी नगर उधोग वाणिज्य संघ अध्यक्ष लक्ष्मी प्रसाद जैसवाल,ईलाका प्रहरी कार्यालय कोल्हवीका प्रमुख प्रहरी निरीक्षक किशन बस्नेत लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख चौधरीले सहकारी संस्थामा कुनै सरकारी अनुदान नआउने जनाए । बचतकर्ताहरुले जम्मा गरेको एक एक पैसाले नै सहकारी सस्था चल्ने भएको उनले बताए । उनले सबै शेयर सदस्यहरु एक जुट भइ अगाडी बढन आग्रह गरेका थिए ।संस्थाको उन्नति प्रगतिको लागि शुभकामना उनले दिए ।

उक्त कार्यक्रममा सशस्त्र प्रहरी कोल्हवीका प्रमुख कृष्ण बिक्रम बानिया,जितिया बहुउद्देश्यीय सहकारी सस्था कोल्हबीका अध्यक्ष भुवन चौधरी,समाजसेवि हरिहर चौधरी,जयप्रकाश चौधरी,बिरेन्द्र पनुहर,तामागढी हस्पिटल प्रा.लि कोल्हवीका प्रशासन प्रमुख रामहरि उप्रेती, रामबालक जयसवाल,भगवती ठकुराइन्,हरिओम मैनाली तथा सस्ंथाका शेयर सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

संस्थाका अध्यक्ष अनिल ठाकुरको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य प्रेमनारायण चौधरीको थियो । कार्यक्रमको संचालन संस्थाकी व्यस्थापक रिता देवि चौधरीले गरेकी थिइन् ।

Leave a review