सांसद अरविन्द साहलाई ‘कालो मसी दल्ने’ चेतावनी दिएका नेविसंघका केन्द्रीय सदस्य नेजामुद्दिन अंसारी बारा प्रहरीको नियन्त्रणमा

साझेदारी डेलि
540 पाठक संख्या

बारा । नेपाल विद्यार्थी संघ (नेविसंघ) का केन्द्रीय सदस्य नेजामुद्दिन अंसारीलाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ।

बारा निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्य अरविन्द साहलाई कालो मसी दल्ने चेतावनी दिएको आरोपमा अंसारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

अंसारीले एक दिनअघि सामाजिक सञ्जालमार्फत ‘ओपन च्यालेन्ज’ दिँदै निर्वाचन क्षेत्र नम्बर–३ का सांसद साहलाई जहाँ भेटे त्यहीँ कालो मसी दल्ने लेखेका थिए। उनले सांसद साहले आफ्नो घोषणापत्रअनुसार १ प्रतिशत पनि काम नगरेको दाबीसमेत गरेका थिए।

उक्त अभिव्यक्तिपछि अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरी स्रोतले जनाएको छ।

Leave a review

This will close in 0 seconds