नियन्त्रित लागु औषध सहित यूवा र युवती पक्राउ

साझेदारी दैनिक
256 पाठक संख्या

वीरगञ्जबाट लागु औषध सहित एक युवा र युवती गरि पर्सा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बाराको कोल्हवी नगरपालिका–७ बस्ने २१ वर्षीय अनिल पौडेल र सोही स्थानकी २० वर्षीया प्रेरणा पौडेललाई पक्राउ गरेको हो ।

वीरगञ्ज महानगरपालिका–१६ स्थित जाँच गर्नेक्रममा भारतको रक्सौलबाट आउदै गरेको दुबैजनालाई प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका पौडेल द्वयको साथबाट लागुऔषध निट्राभेट टयाब्लेट दुई सय ९४ पिस बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता (डिएसपी) दिपक भारतीले साझेदारी दैनिकलाई जानकारी दिए ।

लागु औषध सहित पक्राउ परेका दुबै जना माथि लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

Leave a review