नेपाली कांग्रेसकाे कोल्हवी नगर सभापतिमा वसन्त चौधरी चयन

साझेदारी डेलि
60 पाठक संख्या

बारा । नेपाली कांग्रेस कोल्हवी नगर समितिको तेस्रो अधिवेशनबाट सभापतिमा वसन्त चौधरी सर्वसम्मत चयन भएका छन्।
‎
‎शुक्रबार बाराको कोल्हवी नगरपालिका–१ स्थित बीपी स्मृति भवनमा सम्पन्न अधिवेशनबाट चौधरीको नेतृत्वमा नयाँ नगर कार्यसमिति सर्वसम्मत चयन गरिएको हो।
‎
‎अधिवेशनबाट उपसभापतिमा रविन्द्र चौधरी, महिला उपसभापतिमा गंगा सुवेदी, सचिवमा रामबाबु चौधरी, सह-सचिवमा वीरबहादुर लामा र कोषाध्यक्षमा रामेश्वर थापा चयन भएका छन्।
‎
‎त्यस्तै, सदस्यहरूमा गणेशराज भारती, सुभाष मैनाली, रामाधार साह कानु, हरिवंश चौधरी, बालेश्वर चौधरी र विश्वनाथ राम चयन भएका छन्। ३० वर्ष मुनिका सदस्यमा रमेश खाँ र वसन्त चौधरी तथा दलित सदस्यमा ललिता कुमारी राम चयन भएका छन् । दुई जना महिला सदस्य पछि चयन हुने सभापति चाैधरीले बताए ।
‎
‎अधिवेशनमा नेपाली कांग्रेसका नेता रविन्द्र पुनुहर, उपेन्द्र चौधरी, नारायण अधिकारी, भरत वाग्ले र कृष्णदेव चौधरी तथा कार्यकर्ता र युवाहरु लगायतको उपस्थिति रहेको थियो।
‎
‎नवनिर्वाचित सभापति चौधरीले पार्टी संगठनलाई थप सुदृढ गर्दै नगरवासीको हितमा सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Leave a review