कलैया,२० भदौ । बारा प्रहरीले खोटा चलन मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाइ पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत बाराबाट मुद्दामा बरदात पश्चात फरार रहेका प्रतिवादी लुकिछिपि बसेको अवस्थामा खोजतलास गरि पक्राउ गरेको हो ।
प्रहरीले खोटा चलन मुद्दामा अदालतबाट २ वर्ष कैद र ४ लाख ७६ हजार ८ सय रुपैयाँ जरिवाना पाएका सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ बस्ने अन्दाजी ३८ वर्षीय मकसुद अंसारीलाई पक्राउ गरेको छ ।
प्रतिवादी अन्सारीलाई पक्राउ गरी आवश्यक कानुनी प्रकृया अगाडी बढाईएको प्रवक्ता एवंम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।


