खानेपानी जडान हुन लाग्दा माध्यमिक विद्यालय महम्मद्पुरका भए विद्यार्थी उत्साहित

साझेदारी दैनिक
346 पाठक संख्या

रौतहट :ओमप्रकाश यादव/ रौतहटको गरुडा नगरपालिका–५ महम्मद्पुर माध्यमिक विद्यालयमा शुद्ध,स्वच्छ खानेपानी जडान हुन लाग्दा सो विद्यालयका विद्यार्थिहरु उत्साहित भएका छन्।

आरडिसि नेपाल भन्ने संस्थाले माध्यमिक विद्यालय महम्मदपुरमा धारा सहितको शुद्ध स्वच्छ खानेपानी जडान गर्न लागेको विद्यालयका प्रधानाध्यापक राम नारायण यादवले बताएका छन् ।

दुषित पानीबाट विद्यार्थीहरुलाइ विभिन्न किसिमका रोग लाग्न सक्ने जोखिम भएको हुँदा कुनै प्रकारको रोग नलागोस भन्ने उदेश्यले शुद्ध खानेपानीको अभावमा विद्यार्थीहरु वर्षौदेखि दुषित पानी खान बाध्य हुँदै आएको अवस्थालाई दृष्टिगत गरी आफ्नै पहलकदमिमा आरडिसि द्वारा लाखौंको लागतमा शुद्ध स्वच्छ खानेपानी जडान गर्न लागेको प्रधानाध्यापक यादवले बताए ।

कक्षा १ देखि १२ कक्षासम्म पढाई हुने उक्त विद्यालयमा ठूलो संख्यामा विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

तीनवटा टयांकी भएको अत्याधुनिक डिजाइनको धारा सहितको जडान हुन लागेको हो। खानेपानी निर्माण भइ सुचारु भएपछि सो विद्यालयका हजारौं विद्यार्थी लाभान्वित हुने छन् ।
खानेपानी निर्माण कार्य अन्तिम चरणमा रहेको छ। एक साता भित्रमा नै सुचारु हुने बताइएको छ।

विद्यालयमा पहिलो पटक धारा सहितको शुद्ध खानेपानी निर्माण हुन लाग्दा विद्यार्थीहरु निकै खुशी भएका छन् ।

Leave a review

This will close in 0 seconds