बारामा २ बर्षिय बालक सहित २१ जनामा कोरोना संक्रमण देखा परेको स्वास्थ्य कार्यालयले जनाएको छ । जीतपुर सिमरा उपमहानगरपालिकामा १९, बिश्रामपुर गाँउपालिकामा १ र नेपाली सेनाका एक जवान गरि २१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालयका प्रमुख रामनरेश यादवले जानकारी दिनुभयो ।
संक्रमित हुनेहरुमा जीतपुर सिमरा वडा नम्बर १४ का २८, ४२,५२ का पुरुष वडा नम्बर १५ का ४२ बर्षिय महिला, १६ का २१ बर्षिय महिला, १७ का २६ बर्षिय पुरुष, १८ का ३७ बर्षिय महिला, १९ का ३९ बर्षिय पुरुष, २० का ३० बर्षिय पुरुष, २१ का २८ बर्षिय महिला, २२ का २ बर्षिय नवालक, २३ का ४० बर्षिय पुरुष, २४ का १३ बर्षिय महिला, २५ का २९ बर्षिय पुरुष, २६ बर्षिय पुरुष, ४४ बर्षिय पुरुष, २८ बर्षिय पुरुष रहेका छने भने बिश्रामपुर गाँउपालिकाका २४ बर्षिय पुरुष र नेपाली सेनाका २८ बर्षिय पुरुषमा कोरोना भाईरसको संक्रमण देखापरेका प्रमुख यादवले जानकारी दिनुभयो ।
संक्रमित सबैलाई आइसोलेसनमा ल्याउने तयारी भईरहेको प्रहरी प्रवतmा गौतम मिश्रले बताउनुभयो । बारामा अहिले कोरोनाबाट ३ सय ५० जना संक्रमित भएका छन् भने १ सय ९२ जना निको र ७ जनाको मृत्यू भएको प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिनुभयो ।