बाराको सिमरामा चौँथो जिल्ला स्तरीय स्क्रायबल च्याम्पियनसीप अक्षरा पाठशाला प्रतियोगिता सम्पन्न भएको छ।
सो प्रतियोगितामा अक्षरा पाठशालाबाट भाग लिएका कुशल लामिछानेले सर्वोत्कृष्ट अङ्क प्राप्त गरेका छन् ।
जिल्ला भरिका १६ वटा बिद्यालयका ३२ वटा बिद्यार्थीको प्रतियोगितामा सहभागिता रहेकोमा छात्र लामिछाने सर्वोत्कृष्ट भएका हुन्। लोटस एकेड्मीका ज्योतीकुमारी साह द्धितीय,ब्राईटर एकेड्मीका ईशान्त रेग्मी तृतीय भएका हुन्। नेरा मा.वि. सिमराका शुलभ कर्ण चौथोलोटस एकेड्मीका निरञ्जन साह पाचौँ,राष्ट्रिय बिभुतीका बिप्लभ श्रेष्ठ छैठौं,सिमरा पब्लिकका सम्पदा लामा सातौँ र पाथिभरा स्कुलका प्रनिश पौडेल आठौँ स्थान प्राप्त गरेका हुन्।
आयोजक बिद्यालयका संस्थापक तथा शिक्षक ऋषि काफ्लेका अनुसार सो प्रतियोगिता सात वटा चरणमा सम्पन्न भएको हो।प्रतियोगितामा बढि अङ्क प्राप्त गर्ने आँठ जनाहरु गुल्मी जिल्लामा हुन गईरहेको स्क्रायबल प्रतियोगिताकोलागि छानिएको शिक्षक काफ्लेले बताए ।
आयोजक बिद्यालय अक्षरा पाठशालाका प्रिन्सिपल नरेन्द्र तामाङ्गको अध्यक्षतामा सो कार्यक्रम भएको हो। कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाको शिक्षा महाशाखाका शिक्षा अधिकृत हरिष भट्टको विशेष उपस्थिति रहेको हो।
कार्यक्रममा एन प्याव्सनका केन्द्रिय सदस्य रामप्रसाद अधिकारी ,स्क्रायबल क्लबका संयोजक भोजराज सुबेदी लगायत बिभिन्न बिद्यालयका प्रिन्सिपल र शिक्षकहरुको सहभागिता रहेको थियो ।
स्वागत मन्तब्य बिद्यार्थी सुवर्णा रेग्मीको रहेको हो। कार्यक्रमको सञ्चालन शिक्षक ऋषि काफ्लेले गरेका थिए ।

