वीरगञ्ज : वीरगञ्जको सेकुवा पसलबाट ब्राउन सुगरसहित एक भारतीय नागरिकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
ब्राउन सुगर सहित भारत विहार जिल्ला मोतिहारी थाना आदापुर निवासी २३ वर्षीय विकासकुमार पटेललाई प्रहरीले पक्राउ गरेको हो।
वीरगञ्ज महानगरपालिका–८ पानीटंकी टोल स्थित जमुना सेकुवा पसलबाट पटेललाई प्रहरीले पक्राउ गरेको हो । लागु औषध खरिद बिक्री भईरहेको सूचनाको अधारमा खटिएको प्रहरीले पटेललाई खानतलाशी गर्दा ब्राउन सुगर बरामद गरेको हो ।
उनको साथबाट प्लास्टिकमा रहेको ४८ ग्राम ब्राउन सुगर बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दिपक भारतीले साझेदारी दैनिकलाई जानकारी दिए ।
पक्राउ परेका उनी विरुद्ध लागु औषध सम्बन्धी कसूरमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

