बाराको कलैया स्थित रहेको नेपाली काँग्रेसका पार्टी कार्यालयमा आईतवार मुस्लिमहरुको एक भेलाले नेपाल मुस्लिम संघको निर्वाचन क्षेत्रहरुमा संयोजक तोकेको छ ।
नेपाल मुस्लिम संघका जिल्ला अध्यक्ष फुलमहम्द मंसुरको अध्यक्षता एवम नेपाली काँग्रेसका बारा जिल्ला अध्यक्ष जयचन्द्र चौरसियाको प्रमुख आतिथ्यमा सम्पन्न सो भेलाले निर्वाचन क्षेत्र नम्बर १ मा अनबर अंसारी, क्षेत्र नम्बर ३ मा नुरहसन मिया मंसुर, क्षेत्र नम्बर ४ मा समिअख्तर अंसारीलाई सर्व सहमतबाट संयोजकमा चयन गरिएको संघका केन्द्रिय सचिव परवेज आलमले जानकारी दिए ।
निर्वाचन क्षेत्र नम्बर २ को हकमा छलफल गरेर संयोजक तोक्ने नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्ष चन्द्रशेखर यादवले जानकारी गराए । सो अवसरमा नेपाली काँग्रेसका जिल्ला सचिव हरेन्द्र यादव, नेपाली काँग्रेस कलैया उपमहानगरपालिकाका नगरसभापति पुरुसोतम सिह भट्रराईको समेत सहभागिता रहेको थियो ।