नेपाल मुस्लिम संघ बाराको क्षेत्रिय संयोजकहरु चयन

साझेदारी दैनिक
941 पाठक संख्या

बाराको कलैया स्थित रहेको नेपाली काँग्रेसका पार्टी कार्यालयमा आईतवार मुस्लिमहरुको एक भेलाले नेपाल मुस्लिम संघको निर्वाचन क्षेत्रहरुमा संयोजक तोकेको छ ।

नेपाल मुस्लिम संघका जिल्ला अध्यक्ष फुलमहम्द मंसुरको अध्यक्षता एवम नेपाली काँग्रेसका बारा जिल्ला अध्यक्ष जयचन्द्र चौरसियाको प्रमुख आतिथ्यमा सम्पन्न सो भेलाले निर्वाचन क्षेत्र नम्बर १ मा अनबर अंसारी, क्षेत्र नम्बर ३ मा नुरहसन मिया मंसुर, क्षेत्र नम्बर ४ मा समिअख्तर अंसारीलाई सर्व सहमतबाट संयोजकमा चयन गरिएको संघका केन्द्रिय सचिव परवेज आलमले जानकारी दिए ।

निर्वाचन क्षेत्र नम्बर २ को हकमा छलफल गरेर संयोजक तोक्ने नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्ष चन्द्रशेखर यादवले जानकारी गराए । सो अवसरमा नेपाली काँग्रेसका जिल्ला सचिव हरेन्द्र यादव, नेपाली काँग्रेस कलैया उपमहानगरपालिकाका नगरसभापति पुरुसोतम सिह भट्रराईको समेत सहभागिता रहेको थियो ।

 

Leave a review

This will close in 0 seconds