कान्तिपुर डेन्टल क्लिनीकद्धारा निशुल्क दन्त शिबिर तीन सय ३० जनाले शिविरमा लिए सेवा

रञ्जन यादव
267 पाठक संख्या

जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुरमा भएको दुई दिने निशुल्क दन्त शिबिरमा तीन सय ३० जनाको दाँत चेक जाँच भएको छ ।

कान्तिपुर डेन्टल क्लिनीकको आयोजनामा भएको शिबिरमा एक सय ३४ जना महिला र एक सय ९६ जना पुरुषले आफनो दाँतको चेकजाँच तथा उपचार गराएको कान्तिपुर डेन्टल क्लिनीकका दन्त चित्सिक डा.रोशन कुमार साहले जानकारी दिए ।

सामाजिक उत्तरदायित्व अन्तर्गत क्लिनीकमा आयोजना गरिएको दन्त शिबिरम ग्रामिण क्षेत्रका महिला र पुरुषहरु बढि लाभान्वित भएको जनाईएको छ । उपचार गराउँन आएकाहरुमा दाँत फोहर हुने र किरा लाग्ने समस्या बढी देखिएको डा. साहले बताएका छन ।

शिबिरमा जीतपुर,सिमरा,डुमरबाना,नितनपुर,हरपुर लगायत जीतपुरसिमरा उपमहानगरपालिकाको बिभिन्न ठाउँबाट र पर्सा जिल्लाको पर्सवा,रामबन,मिलन चौक,हरपुर लगायतको ठाउँबाट मानिसहरु आएको क्लिनीकले जनाएको छ ।

शिबिरमा दाँत निकाल्ने,दाँत भर्ने,नयाँ दाँत लगाउँने,बाङ्गोटिङ्गो दाँत मिलाउँने दाँत सफा गर्ने लगायतको सेवाहरु प्रदान गरिएको डा.साहले जानकारी दिए । दन्त शिबिर यही असोज १९ र २० गते सञ्चालन भएको थियो ।

Leave a review