Sajhedari Daily
Latest News from Nepal

मंगलवार देखि अस्पतालका ओपिडी सेवा बाहेक अन्य सेवा सुचारु हुने

Top Aside Banner

मंगलवार देखि कलैया अस्पतालमा ओपिडी सेवा बाहेक अन्य सेवा खुल्ने भएको छ । अस्पतालका धेरै कर्मचारीहरु कोरोनाबाट संक्रमित भएपछि अस्पतालका प्रसुती सेवा वाहेक अन्य सेवाहरु ठप्प हुदै आएको थियो ।

आम नागरिकको जीव ज्यानको रक्षा गर्नेका लागि अस्पतालका स्वास्थ्यकर्मीहरुले आफनो ज्यानको परवाह नगरी मंगलवार देखि सेवाहरु सुचारु गर्ने लागिएको प्रमुख डाक्टर बिरेन्द्र मण्डलले जानकारी दिए । एआरटी सेवा, ल्याव, एक्सरे, डे«सिग,फार्मेसी लगायतका सेवाहरु सुचारु गरिएको प्रमुख मण्डलले भने ।

कोरोनाको महामारी तिब्र रुपमा फैलिरहेको हुदा बाराका नागरिकहरु वीरगंज लगायत हेटौडा , चितवन, काठमाडौ जाने गरेको हुदा पनि उपचार नपाएर निकै दुख पाईरहेको अवस्थालाई मध्यनजर गर्दे सेवाहरु सुचारु गरिएको उहाँले बताए । केही स्वास्थ्यकर्मीहरु अहिलेपनि काममा फर्कने अवस्था नरहेको हुदा ओपिटी सेवा सुचारु हुनमा केहि समय लाग्ने डाक्टर मण्डललेको भनाई रहेको छ ।