तामागढी साकोसद्धारा शुभकामना आदान प्रदान कार्यक्रम

साझेदारी दैनिक
333 पाठक संख्या

कोल्हवी : धिरेन्द्र पनुहर/ बाराको कोल्हवीमा रहेको तामागढी बचत तथा ऋण सहकारी सस्था लिमिटेडले सोमबार शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।

सहकारीले दशै,तिहार,छठ तथा नेपाल सम्वतको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको हो ।

कोल्हवी स्थित तामागढी पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रममा करिब ५० जना सहकारीमा आवद्ध ठुला निक्षेपकर्ताहरुको सहभागिता रहेको थियो ।

आयोजक सहकारी संस्थाका उपाध्यक्ष पृथ्वीराज सिवाकोटीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा निक्षेपकर्ताहरु र सहकारीका संचालक,उपसमिति सदस्य लगायतकाले एक आपसमा शुभकामना आदानप्रदान साटासाट गर्नुभएको थियो ।

कार्यक्रममा सहकारीका तर्फबाट सल्लाहकार भरतबहादुर भण्डारी,शिक्षा समिति संयोजक रमादेवी चौधरी,सेवाकेन्द्र संयोजकका तर्फबाटसन्तोष पाण्डे,महिला उपसमितिकी संयोजक चन्द्रावति चौधरी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा सहकारीका मुख्य प्रबन्धक बासुदेव रिमालले शुभकामना मन्तव्य दिदै सकारी संस्थाले शेयर सदस्यहरुलाई दिदै आएको सेवा सुविधा,व्याजदर,बचतको प्रकार तथा नितीहरुका वारेमा जानकारी दिनुभएको थियो ।

कार्यक्रमको संचालन सहकारी संस्थाका सहसचिव रामकाजी खड्काले गर्नुभएको सहकारीका संचालक सदस्य मोकदम अन्सारीलले जानकारी दिएका छन ।

Leave a review

This will close in 0 seconds