वीरगञ्ज : उपकार सेवा नेपाल नामक सस्ंथाले वीरगञ्जका एक जना शारिरिक अशक्तलाई व्हिल चेयर प्रदान गरेको छ।
वीरगञ्ज १६ नगवा निवासी १९ वर्षीय अपाङलाई व्हिल चेयर प्रदान गरिएको हो।
उनको निवासमै पुगेर संस्थाको अध्यक्ष बिद्या कुमारी सरावगीले व्हिल चेयर हस्तान्तरण गरेकी थिईन्।
उपकार सेवा नेपाल सँस्थाले शारिरिक रूपमा अपांगता भएकालाई पछिल्लो समयदेखि व्हिल चेयर प्रदान गर्दै आएको सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए ।


